2026-09-22 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी फेरिँदैछ सर्वोच्च अदालतको रूप

मङ्सिर २०, काठमाडौँ | न्यायालयबाट हुने कार्यसम्पादनबारे टिका टिप्पणीले अदालतकै विश्वसनीयतामा प्रश्न खडा भइरहेका बेला वर्तमान नेतृत्व आएपछि सर्वोच्च अदालतमा आमूल परिवर्तन भएको वरिष्ठ कानुनविद्हरूले बताएका छन् । 

प्रधानन्यायाधीश गोपाल पराजुलीले कार्यभार सम्हालेलगत्तै सर्वोच्च अदालतले गरेको समूहगत सुनुवाइ, संवैधानिक इजलासको निरन्तरता र अदालतलाई स्मार्ट बनाउने कार्यविधिलाई वरिष्ठ कानुनविद्हरूले प्रशंसा गरेका हुन्।

पूर्वमाहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले समूहगत सुनुवाइका लागि पर्याप्त समय दिनुपर्ने बताए। उनले समूहगत सुनुवाइमा रहेका प्रत्येक मुद्दाको तथ्य फरक हुने भएकाले सबै मुद्दाको सुनुवाइ हुनुपर्ने बताए।

वरिष्ठ अधिवक्ता तथा न्यायपरिषद्का पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेले सूचनासम्बन्धी नयाँ प्रविधिको प्रयोगले सर्वोच्च अदालतमा नयाँ क्रान्ति ल्याएको बताए। नयाँ प्रविधिको प्रयोग हुन थालेपछि अदालतको कामकारबाहीमा पारदर्शिता देखिन थालेको उनको भनाइ छ।

संविधानविद् डा.भीमार्जुन आचार्यले हालका प्रधानन्यायधीश पराजुलीले न्यायपालिका सुधारका लागि ३९ बुँदे कार्ययोजना ल्याएर नयाँपन दिएको बताए। प्रधानन्यायाधीश पराजुलीले कार्यभार सम्हाल्नासाथ ३९ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए। सो कार्ययोजनामा अदालतलाई ‘स्मार्ट’ बनाउने उल्लेख छ। – नेपाल समाचार पत्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो