२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! के तपाइँ फोहोर बालेर आगो ताप्दै हुनुहुन्छ ?

२०७४, २० मंसिर बुधबार ०२:१८

मंसिर २०, काठमाडौँ । घरवरपर वा सडक सफा राख्दा धेरैले जानेको काईदा हो, वरपरको फोहो जम्मा गरेर बालिदिने ।  

त्यसमा पनि चिसो बढेसंगै आगो ताप्न फोहोर पनि बाल्ने क्रम बढ्छ । तर, यसले बातावारण प्रदुषित बनाई स्वास्थ्य तथा वातावरणविद्का अनुसार उपत्यकामा घरवाहिरका फोहोर बाल्ने यही प्रचलन वातावारण प्रदुणको प्रमुख कारण बन्दै गएको छ ।

चिसो बढ्दै विभिन्न स्थानम जताततै भेटिने फोहोरमा विशेषगरी प्लाष्टिक वा जंकफुडका खोलदेखि टायरसमेत हुन्छन जसलाई बालेर ताप्ने प्रचलन बढ्दै गएको छ ।

यसो गर्दा निस्किने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिकै र वायुमण्डलको तल्लो भागमा रहिरन्छ जसले स्वास्थ्यमा हानि पुर्याउछ ।

जर्मनस्थित इन्स्टिच्युट फर एड्न्भान्स सस्टेनेबिलिटी स्टडिज (आइएएसएस)का अनुसन्धान प्रमुख महेश्वर रूपाखेतीसहितको टोलीले गरेको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरियसम्बन्धी अध्ययनले प्रदुषित वायु मध्याह्नपछि मात्रै घट्ने गरेको देखाएको थियो । मध्याह्नसँगै तातेर हलुंगो भएपछि मात्रै वायु विस्तारै नगरकोटतिर लाग्ने  र त्यहाँबाट बाहिरिने गरेको अध्धयनले देखाएको छ ।

चिसो बढेसँगै आगो ताप्ने प्रयोजनका लागि विहान र साँझको समयमा फोहोर बढी बालिने गर्छ । साँझ आगो बाल्दा रातभर र विहान बाल्दा मध्याह्नसम्म सतहमै धुँवा रहिरहन्छ जुन श्वासप्रश्वासका क्रममा सिधै फोक्सोसम्मै पुग्छ । 

काठमाडौँ उपत्यकामा बिहान ८ बजेदेखि ९ बजेसम्म बढी प्रदुषण हुने र मध्याह्न र साँझ घट्ने अध्ययनले देखाएको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो