Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो

२०७४, २३ मंसिर शनिबार १४:४५

मंसिर २३, कालिकोट । जिल्लामा भएको व्याप्त भ्रष्टचारलाई निर्मुलपारी सुशासन कार्यम गर्नका लागि सवै जनप्रतिनिधिहरु एक हुन आवश्यक भएको एक कार्यक्रमका सहभागीहरुले बताइएका छन् । 

भ्रष्टाचारविरुद्धको अन्तराष्टिूय दिवसका अवसरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा खाँडाचक्र नगरपालिकाका नगरप्रमुख जसीप्रसाद पाण्डेले कालीकोट भौगोलिक विकट भएकाले भ्रष्टाचारले जरा गाडेकाले यसलाई उखेल्नका लागि जनप्रतिनिधिहरु एकजुट हुनुपर्ने बताए । भ्रष्टाचारविरुद्धको अन्तराष्टिूय दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा यस्तो बताएका हुन् । 

भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हौ भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता कार्यान्वयन गरौ भन्ने मुल नाराका साथ नागरिक समाज कालिकोट आयोजना गरेको ¥यालि सहितको कोण सभामा बोल्दै कर्णाली विकास आयोगका विज्ञ दिपेन्द्र रोकाले आफ्नो मन चोखो र दिल स्वच्छ राखेर काम गरेका कुनै पनि ठाउँमा भ्रष्टाचार नहुने बताए । 


हरेक ठाउँबाट भ्रष्टाचारको गन्ध आउने भएकाले पेचकिलर कस्न सकेमा मात्र भष्टाचारलाई अन्त्य गर्न सकिने उनले औल्याए । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले लिनु मात्र भ्रष्टाचार हैन दिनु पनि भ्रष्टाचार भएकाले कसैले पनि घुस लिने र दिने काम नर्गन आग्रह गरे । कसैले घुस मागेमा दिनु भन्दा पनि कानूनी रुपमा जानुपर्ने भएकाले अवदेखि कसैले भ्रष्टाचार नगर्नेमा आफु विस्वस्त भएको बताए । 

शान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले भ्रष्टाचारलाई नै अन्त्य गर्नका लागि बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भइसकेको जनप्रतिनिधिहरुले अव भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए । 

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्धिनाथ गैरे, नागरिक समाजका उपसंयोजक लिलाराम न्यौपाने, गैरसरकारी संस्था महासंघका अध्यक्ष वीरेन्द्र बुढा, पत्रकार महासंघका पूर्व अध्यक्ष कालीबहादुर मल्ललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नागरिक समाज कालीकोटका अध्यक्ष दमनराज वमको अध्यक्षतामा भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी