2026-09-22 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाकै प्रदेशमा कांग्रेस किन पछि ?

मङ्सिर २७, काठमाडौँ । ‘वाम गठबन्धनको राष्ट्रवाद र स्थिर सरकारको नारा, गठबन्धनपछि उनीहरुले नै जित्छन् भन्ने मनोविज्ञानका कारण देशभरि आएको वाम लहरले कांग्रेसको आधारक्षेत्र पनि भत्कायो ।’

‘सुदूरपश्चिम (प्रदेश ७) कांग्रेसको गढ हो । यहाँ बढीमा ११ र घटीमा ८ सिट जित्छौं । प्रदेशमा कांग्रेसले नै सरकार बनाउँछ,’ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले साताअघि कान्तिपुरसित यस्तो दाबी गरेका थिए ।

तर, यो दाबी सत्यमा परिणत भएन । प्रदेश ७ बाट प्रतिनिधिसभा सदस्यका उनी एक्ला विजेता बने । देशव्यापी वाम गठबन्धनको लहर चलिरहेका बेला उनले धन्न साख जोगाए ।

प्रदेश ७ का ९ जिल्लाका १८ सिटमा कांग्रेस डडेलधुराको एक मात्र प्रतिनिधिसभा क्षेत्रबाट जितेको छ । प्रदेशसभामा कांग्रेसले ४ वटा सिट जित्यो । डडेलधुरामा १, कैलालीमा २ र डोटीमा १ गरी ४ सिटमा चित्त बुझायो ।

पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिबाट चर्चामा आएका कांग्रेस नेता एनपी साउद, शान्ति प्रक्रिया सफल पार्न भूमिका खेलेका अर्का नेता रमेश लेखक र देउवाका समकालीनमा गनिने सुनिल भण्डारीले पराजयको सामना गर्नुपर्‍यो ।

थारू समुदायका रामजनम चौधरी, पछिल्लो सरकारमा प्रभावशाली मन्त्री वीरबहादुर बलायर र प्रधानमन्त्री पत्नी आरजु राणाले पनि असफलताबाट गुज्रनु परेको छ ।, यो खबर आजको कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो