2026-07-24 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौचन हत्या प्रकरण: नेपाल प्रहरीलाई अर्को ठुलो सफलता

मङ्सिर २९, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा प्रयोग भएको पेस्तोल डेढ महिनाअघि नै काठमाडौं पुगेको रहस्य खुलेको छ ।

दिनहुँ कडा चेक हुने वीरगन्जको गण्डक, बाराको जितपुर, पथलैया, हेटौंडा रातोमाटे, भीमफेदी, सिस्नेरी, दक्षिणकाली, ग्वार्को र बल्खुका चेक प्वाइन्टमा खटिएका प्रहरीलाई छलेर पेस्तोल काठमाडौंसम्म पुगेको थियो ।

घटना अनुसन्धानका क्रममा हतियार व्यवस्थापन गर्ने पर्साका शिवजी महतोले भारत बिहारको बेतिया जिल्लाका मुकेशकुमार पाण्डेलाई पेस्तोल बुझाएका थिए । सुवास गोतामे/दिवाकर भण्डारीले आजको अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

पाण्डेले असार अन्त्यतिरै पेस्तोल नारायगढमा श्यामबहादुर गुम्बेलाई बुझाएका थिए । गुम्बेले पाण्डेमार्फत महतोलाई ६५ हजार रुपैयाँ बुझाएका थिए । 

महतो नेपाल–भारत सीमा रक्सौलमा बसेर हतियार सप्लाई गर्ने र लागुऔषध बेचबिखनमा सक्रिय रहेको अनुसन्धानबाट खुलेसँगै गौचन हत्या अनुसन्धान गर्न बनाएको टोलीका दुई सदस्य अजय केसी र रुगम कुँवर बारा पुगेका थिए । उनीहरू बारामा दुई दिन बस्दा पनि महतोको सुराक नपाएपछि काठमाडौं फर्किएका थिए ।

बारा प्रहरीलाई महतोबारे जानकारी पहिला खासै थिएन । अनुसन्धान गर्दै जाँदा महतो रक्सीको लतमा लागेको खुल्यो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार महतोको एक जना साथीमार्फत उनी बसेको ठाउँ पत्ता लाग्यो कल डिटेल्समार्फत ।

महतो सहजै पक्राउ पर्ने थिएनन् । उनी पर्सा प्रहरीमा समेत खोजीको सूचीमा थिए । प्रहरी देखेपछि आफैंलाई पक्रन आएजस्तै लाग्थ्यो महतोलाई । बारा प्रहरीले सुरुको चरणमा महतोलाई उनकै साथीमार्फत वीरगन्ज बोलाउन लगायो । तर, महतो आएनन् । चार दिनपछि महतो मदिरा पिउन रक्सोल पुगे । सादा पोसाकमा खटिएको प्रहरीले महतोलाई समात्यो ।

महतो पक्राउ गर्न इलाका प्रहरी कार्यालय जितपुरका सई सागरशम्शेर राणाको टोली वीरगन्ज पुगेको थियो । राणा वीरगन्ज, नारायणी अञ्चल, मध्यक्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान ब्युरोमा बसेर सीमाका अपराधीबारे राम्रो दख्खल राख्ने सई मानिन्छन् ।

महतो पक्राउ गर्न राणालाई उचित पात्र ठाने प्रदेश नम्बर दुईका प्रमुख एआईजी विजयलाल कायस्थले ।महतोकै सहयोगमा गुरुङ र पाण्डे पक्राउ गर्न प्रहरीलाई सहज भयो । हतियारको विषयमा कुरा उठान भएलगत्तै मुकेशले तिघ्रामा टेपले बाँधेर हतियार नारायणगढसम्म पुर्‍याएको रहस्य खुल्यो ।

तीनै जनालाई एक रात जितपुरमा थुनेर सई राणा आफैं काठमाडौं पुगे । अनुसन्धान कार्यदलले महतो, पाण्डे र गुरुङबीचको फोन कनेक्सन थाहा पाएपछि नारायणगढबाट हतियार बुझ्ने श्यामबहादुर गुम्बेको कनेक्सन थाहा पाएको थियो ।

प्रहरीका अनुसार महतो कम बोल्थे । उनले कमिसनको चक्करमा हतियार बिक्री गरेको प्रहरी बयानमा खुलाएका छन् । गुम्बे पेस्तोल र मोटरसाइकल एकै पटक लिएर जान पर्सा पुगे पनि मोटरसाइकल चेकिङमा पर्ने भएपछि हतियार फेला पर्ने डरले नारायणगढमा पुगी हतियार बुझेर काठमाडौं फर्केका थिए ।

गौचन हत्यामा प्रयोग भएको हतियार र महतोले बिक्री गरेको हतियार एउटै भएको रहस्य तब खुल्यो जब महतोले हतियारको मुचुल्का सकारे । गौचनको असोज २३ गते शान्तिनगर ओमशान्ति चोकमा गोली हानी हत्या गरिएको थियो ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी मनोज नेउपानेले गौचन हत्या पैसाकै लागि रचिएको पुष्टि भएकाले मुख्य योजनाकार पक्राउ गरेसँगै फरार अभियुक्तको खोजी भइरहेको बताए ।उनले भने, ‘समिरमान सिंह बस्नेत पक्राउ परेपछि प्रहरीलाई फरार अभियुक्त पक्राउ गर्न थप सहज भएको छ । प्रहरी टोली लागिरहेको छ ।’

गुम्बे-समिर कनेक्सन

नारायणगढमा हतियार लिन पुगेका श्यामबहादुर गुम्बे र गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतको प्रत्यक्ष सम्पर्कमा रहेको खुलेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार हतियार खरिदको डिल गर्दादेखि काठमाडौंसम्म हतियार ल्याएर सुटरलाई दिँदासम्म बस्नेत र गुम्बेबीच सम्पर्क देखिएको छ ।

गुम्बे समिरको विश्वासिलो पात्रसमेत हुन् । गुम्बेले काठमाडौंमा हतियार ल्याएपछि बस्नेतसँगको सम्पर्कमा हतियार आइपुग्यो अब काम कहिले गर्ने भन्नेसम्म जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक