५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड-देउवा भेटवार्ता, यस्तो भयो कुराकानी

२ पुष २०७४, आईतवार ०२:३४

पुस २, काठमाडौं । सरकार निर्माण, राष्ट्रियसभा अध्यादेश र प्रदेश प्रमुख नियुक्तिलगायत विषयलाई लिएर राजनीतिक ध्रुवीकरण बढिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सत्ताको लोभ त्याग्न दबाब दिएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा देउवाले राष्ट्रपति कहाँ पुगेको राष्ट्रियसभा अध्यादेश जस्ताको तस्तै पारित नभएसम्म सरकार नछाड्ने संकेत गरेपछि प्रचण्डले जनमतको सम्मान गर्न सम्झाएको प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले जानकारी दिए ।

‘राजनीतिक सहमतिबिना प्रदेश प्रमुख तोक्ने र जनमतविपरीत सरकारको आयु लम्ब्याउने काम नगर्न अध्यक्षले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो,’ महराले भने, ‘प्रधानमन्त्रीले चाहिँ राष्ट्रपति कहाँ पठाएको अध्यादेश पारित भएपछि सरकार छोड्ने र सरकारमा टाँसिइरहन लालायित नभएको अडान दोहोर्‍याउनुभयो ।’ 

राष्ट्रियसभाको परिणाम नआई नयाँ सरकार गठन हुन नसक्ने र त्यसका लागि राष्ट्रपति कार्यालयमा पुगेको अध्यादेश पारित हुनुपर्नेमा प्रधानमन्त्रीले विशेष जोड दिएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार शनिबार बिहान भएको भेटवार्तामा देउवाले दाहाललाई राष्ट्रियसभा अध्यादेश राष्ट्रपतिकहाँ रोकिनु दुःखद् भएको भन्दै एमालेले त्यसमा जनाइरहेको विरोध गलत भएको बताएका थिए । राष्ट्रपति भण्डारीले विधेयकलाई अड्काएको आशंका प्रधानमन्त्रीले गरेको परियारले बताए ।

देउवाले राष्ट्रियसभा अध्यादेश जस्ताको तस्तै पारित नभएसम्म सरकार नछाड्ने संकेत गरेका छन् भने दाहालले जनमतको सम्मान गर्न आग्रह गरेका छन् ।

अर्कोतिर प्रदेश प्रमुख तोक्ने र जिम्मेवारी दिने गरी सरकारले तयारी गर्न खोजेपछि वाम गठबन्धनमा रहेका एमाले-माओवादी र कांग्रेसबीचको विवाद सतहमा देखिएको छ । वाम गठबन्धनका नेताहरूले नयाँ बन्ने सरकारले मात्रै प्रदेश प्रमुख नियुक्ति गर्नुपर्नेमा जोड दिइरहेका छन् । 

तर प्रधानमन्त्रीका प्रेस संयोजक परियारले त्यो काम वर्तमान सरकारकै भएकाले विपक्षीले बोल्दैमा सरकार नडराउने बताए । ‘प्रदेश प्रमुख नियुक्त नभए प्रदेशसभा कसरी कार्यान्वयनमा आउँछ ? यो कामको अन्तिम तयारीमा सरकार लागिपरेको छ’, उनले भने ।

देउवाले सत्ता लम्ब्याउने नियत राखेको निष्कर्ष निकालेका ओली- प्रचण्ड भने राष्ट्रियसभा अध्यादेश राजनीतिक सहमतिका आधारमा फेरि अघि बढाउनुपर्ने अडानमा मात्रै छैनन्, प्रदेश प्रमुख र मुकाम तोक्ने सरकारको योजनासमेत पूरा हुन नदिने रणनीतिमा छन् ।

एमाले अध्यक्ष ओलीले त देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट नवनिर्वाचित सासंदहरूले शपथ नलिने बताइसकेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक परियारले भने राष्ट्रियसभा गठन नभएसम्म र प्रतिनिधिसभाबाट नयाँ सरकार नबनेसम्म ओली विपक्षी दलकै नेता भएको भन्दै उनको भाषणको आडमा सरकार आफ्नो कामबाट पछि नहट्ने जिकिर गरे ।

प्रचण्डले प्रधानमन्त्री देउवालाई भेट्नु अघिल्लो साँझ एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । ओलीले पनि शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए भने शनिबार देउवासँग छलफल गरेलगत्तै प्रचण्डले पनि राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए । ओली र प्रचण्डअघि नै प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति भण्डारीलाई भेटेर गतिरोध अन्त्य गर्ने विषयमा कुराकानी गरेका थिए । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाबदेही र सुशासन अनिवार्य: राष्ट्रपति पौडेल काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते बीआरआईबारे कांग्रेसको अडान- अनुदान भए ठीकै छ, ऋण कुनै हालतमा स्वीकार्य हुँदैन समयमै हवाई टिकट नपाएपछि गर्भमै शिशुको मृत्यु मुकेश अम्बानीलाई एलन मस्ककाे झट्का ! दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति उपचुनाव: माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा-२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध अदालत परिसरमा विषादी सेवन: रश्मिला धामी अचेत अवस्थामा, मट्टितेल पिएको अनुमान स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल? मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी आज बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो विराटनगर किंग्सको जर्सी सार्वजनिक