२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन परिणामको असर आरोप–प्रत्यारोपमा कांग्रेस नेता

२०७४, ३ पुष सोमबार ०२:२७

पुस ३, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ । 

निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको भन्दै नेतृत्वले जवाफ दिनुपर्ने बताए।‘पार्टीले सिद्धान्तमा जित्यो तर निर्वाचनमा हार बेहोर्नुपर्‍यो, यसको जवाफ नेतृत्वले दिनुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने।

केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन समितिका संयोजक रमेश रिजाल भने निर्वाचनको परिणामपछि नेतृत्वलाई आरोप लगाउन नमिल्ने पक्षमा छन्। पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसले नराम्रै परिणाम आउँदा पनि दोस्रो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको उदाहरण रहेको भन्दै अत्तालिएर नेतृत्वमाथि आरोप लगाउनु जायज नहुने नेता रिजाल बताउँछन्। 

‘लिडरसिपमा दोष थुपारेर अरू पन्छन मिल्दैन, आफूले पार्टीका लागि के गरें भनेर पनि हेर्नुपर्छ, नेतृत्वमाथि विवाद गर्ने खालका कुरा गर्नु ठीक होइन,’ नेता रिजालले भने।

नेता अर्जुननरसिंह केसी आरोप–प्रत्यारोपभन्दा हारको कारक पत्ता लगाएर समाधान खोज्नुपर्ने निष्कर्षमा छन्। नेता, नीति र नेतृत्व सबै जिम्मेवार भएर निर्वाचन परिणामको समीक्षा गर्नुपर्ने उनको धारणा छ। 

कांग्रेस युवा नेता रामहरी खतिवडा मन्त्री बनाउँदा भागबन्डा खोज्ने सबै नेताले हारको नैतिक जिम्मेवारी लिन तयार हुनुपर्ने बताउँछन्। उनले मन्त्री बनाउन भाग खोज्नेहरू नै अहिले परिणामलाई लिएर पन्छिन खोजेको समेत दाबी गरे।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणामपछि कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको राजीनामादेखि विशेष महाधिवेशन डाक्नुपर्नेसम्मका माग उठ्न थालेका छन्।

सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि निर्वाचन परिणामको समीक्षा गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन दबाब बढेको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले निर्वाचन सकिएलगत्तै सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरेको भन्दै छिटो बैठक बोलाइनुपर्ने बताए। ‘मैले निर्वाचन सकिएपछि नै सभापतिज्यूलाई केन्द्रीय समिति बैठक बोलाउन भनेको हुँ, परिणाम पार्टीका पक्षमा आएन, बैठक बोलाएर आफ्नो काम गरौं, केमा कमजोरी भयो गम्भीर छलफल गरौं भनेको छु,’ उनले भने, ‘तुरुन्तै बैठक बोलाइनुपर्छ।’

नेता अर्जुननरसिंह केसीले निर्वाचनको परिणामपछि महासमिति बैठक बोलाउने वा विशेष महाधिवेशन बोलाउने भन्नेमा समेत नेताहरूले धारणा सार्वजनिक गर्न थालेको भन्दै त्यसका लागि तत्कालै केन्द्रीय समिति बैठक बोलाइनुपर्ने बताए। 

‘पार्टी विधिबाट चल्नुपर्छ, अब कसरी अघि बढ्ने भन्ने निर्णय केन्द्रीय समिति बैठकबाटै हुनुपर्छ, त्यसका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाइनुपर्छ,’ नेता केसीले भने।

कांग्रेसका अर्का प्रभावशाली नेता गगन थापाले यसअघिनै विशेष महाधिवेशन बोलाउन माग गरिसकेका छन्। कांग्रेसको अप्रत्याशित पराजयसँगै केन्द्रदेखि जिल्लासम्म नेतृत्वको आलोचना सुरु भएकाले केन्द्रीय समिति बैठक बसेर गम्भीर समीक्षा हुनुपर्ने भन्दै विभिन्न नेताले नेतृत्वमाथि दबाब दिँदै आएका छन्। -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो