२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ जल्नका लागि शवलाई एक रात छाडिन्छ

२०७४, ३ पुष सोमबार ०२:५२

पुस ३, काठमाडौं । काठमाडौंमा एउटा यस्तो मसानघाट छ, जहाँ शवलाई आगो सल्काई मलामी घर फर्कन्छन् । 

र भोलिपल्ट मात्र खरानी सेलाउन पुग्छन् । दन्त्यकथा जस्तो लाग्ने यो चलन हो, कीर्तिपुरको । कीर्तिपुर ७ पाँगा क्षेत्रका नेवार समुदायमा अहिले पनि शवलाई चितामा राखेर आगो लगाए पछि  एक रातिका लागि घाटैमा छाडिदिने चलन छ ।

आजको नागरिकमा खबर छ-पाँगा क्षेत्रका नेवार समुदायमा कसैको मृत्यु हुँदा दाहसंस्कारका लागि स्थानीय विष्णुदेवी मन्दिरको घाटमा  लैजाने गरिन्छ । घाटमा पुर्‍याएपछि शवलाई चितामा राखि दागबत्ती दिइन्छ। दागबत्ती पछि चितामा आगो सल्काएपछि क्रियापुत्री र मलामी घर फर्कन्छन् ।

सामान्य हिन्दु संस्कारमा यसरी चितामा आगो सल्काएपछि शव नजलुन्जेल घाटमै बस्ने चलन छ। शव जलिसकेपछि विधिपूर्वक खरानी पखालेर क्रियापुत्रीसहित मलामी घर फर्कने गर्छन् । तर पाँगामा भने शवलाई आगो लगाएर घर फर्केमा मलामी र मृतकका आफन्त भोलिपल्ट बिहान मात्र घाट पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो