२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् प्रदेश राजधानी बनाउँदा अपनाउनुपर्ने मापदण्ड

२०७४, ४ पुष मंगलवार ०२:०१

पुस ४, काठमाडौं । प्रदेश राजधानीका लागि नयाँ सहरको विकास गर्नु उचित हुने विभिन्न अध्ययन तथा अन्य देशको अनुभवले देखाएको छ ।

अहिले प्रदेश राजधानीका लागि प्रचारमा ल्याइएका कुनै पनि सहर राजधानी बन्नका लागि आवश्यक सबै मापदण्ड पुगेको नभएकाले त्यसका लागि नयाँ सहर नै बनाउनुपर्ने आवश्यकता देखिएको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

केन्द्रीयता : प्रदेशको राजधानी सम्बन्धित प्रदेशको केन्द्रमा हुनुपर्छ, ता कि सबै क्षेत्रका मानिसलाई राजधानी आउन–जान पायक परोस् । त्यस्तै, राजधानी सहर अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पर्‍यो भने त्यहाँ पछि उपलब्ध हुने सुविधा देशका भन्दा विदेशी नागरिकले धेरै उपयोग गर्ने सम्भावना हुन सक्छ ।

जमिन र पानीको पर्याप्तता : राजधानीका लागि बनाइने सहरमा व्यवस्थित सहरीकरणका लागि पर्याप्त जमिन आवश्यक हुन्छ । साथै, पानीको समेत पर्याप्त व्यवस्था हुनुपर्छ । सहरीकरण बढ्दै जाँदा पानीको अभावसमेत बढ्दै जाने हुन्छ, त्यसैले शताब्दीयौँ पछिका लागि समेत आवश्यक पानीको उपलब्धतासमेत हेर्नुपर्ने हुन्छ ।

प्राकृतिक भिरालोपन : नेपालका धेरै सहर बर्खाको वेलामा डुबानमा पर्ने गर्छन् । प्रदेशको राजधानी बन्ने सहर त्यसरी डुबान नपर्ने खालको हुनुपर्छ । उदाहरणका लागि भारतमा चण्डीगढ सहरलाई राजधानी बनाउने सन्दर्भमा १ प्रतिशत प्राकृतिक भिरालोपन हुनुपर्ने मापदण्डका आधारमा तय गरिएको थियो ।

उचित हावापानी : प्रदेश राजधानी बन्ने सहर अत्यन्तै जाडो वा अत्यन्तै गर्मी हुने किसिमको हुनुहुँदैन । सबै मौसममा सकेसम्म सहज हावापानी भएको सहरमा राजधानी राख्नुपर्छ । त्यस्तै, प्राकृतिक सुन्दरताका हिसाबले पनि त्यो सहर उपयुक्त हुन आवश्यक छ ।

आर्थिक क्षमता : प्रदेश राजधानी आर्थिक विकासलाई तल्लो तहसम्म लैजाने माध्यमसमेत हो । प्रदेश राजधानीले सहरी विकासलाई केन्द्र र स्थानीय तहसम्म जोड्ने काम गर्छन् । त्यसो हुँदा आर्थिक विकासका लागि आवश्यक स्रोत, पूर्वाधार र सेवा तल्लो तहसम्म प्रदान गर्ने क्षमतासमेत ती क्षेत्रमा हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो