2026-09-14 12:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा चार दिने आँखा शिविर सुरु

पुस ४, कालीकोट । खाँडाचक्र नगरपालिकाको दाहामा ४ दिने आँखा शिविर शुरु गरिएको छ । 

मोतिया विन्दुको निःशुल्क शल्यक्रियसहितको आँखा शिविरको सोमबार खाडाचक्र नगरपालिकाका प्रमूख जसी प्रसाद पाण्डेले उद्घाटन गरेका हुन् ।  खाँडाचक्र नगरपालिका वडा नं ५, ६,७ र ८ को आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको यो ३० र्औ सर्जिकल आँखा उपचार शिविर हो ।

शिविर उद्घाटन गर्दै नगर प्रमूख पाण्डेले पछिल्लो समयमा सानै उमेरदेखि आँखाका विरामी बढेकाले उपचारका लागि टाढा जान नसक्नेहरुका लागि शिविर लाभदायी हुने बताए । ‘आँखाका बिरामीहरु दिनप्रतिदिन बढीरहेका छन्’ उनले भने, ‘आर्थिक विपन्नताका कारण जिल्ला बाहरिका अस्पतालामा गएर आँखाको उपचार गराउन नसक्नेका लागि यो शिविरले राहत प्रदान गर्ने छ ।’ उनले यसरी शिविरको माध्यमबाट नागरिकलाई राहत दिन काम स्थानीय तहबाट पनि सहयोग हुने बताए ।

शिविरमा आँखा सम्वन्धी विरामीहरुको निःशुल्क परिक्षण र अप्रेसन सुरुभएको नेपाल नेत्रज्योति संघका उपसभापति देवानन्द धिताले बताए । उनले जिल्लाका विभिन्न तीन ठाउँमा मंसिरमा सुरु भएको आँखा शिविरबाट अप्रेसन गर्नुपर्ने ५८ जना विरामीहरु पत्ता लगाएकाले उनीहरुको निःशुल्क अप्रेसन तथा नयाँ विरामीका लागी शिविरको आयोजना गरिएको जानकारी दिए । शिविरमा आँखा परिक्षण गर्नका लागी जिल्लाका विभिन्न ठाउँबाट सर्वसाधारणको बाख्लो उपस्थिती रहेको छ । 

हिमालय आँखा अस्पताल घारीपाटन पोखरावाट डाक्टर हरिविक्रम अधिकारीको नेतृत्वमा आएको टोलीले आँखा परिक्षण र शल्यक्रिया गर्ने छ । शिविरमा कालिकोट जिल्लाका साथै छिमेकी जिल्लाहरु दैलेख, अछाम, बाजुरा, जुम्ला, मुगु लगायतका जिल्लाहरुवाट आँखाका रोगिहरु उपचारका लागि आएका छन् । जिल्ला आँखा उपचार केन्द्र र नेत्रज्योति संघ कालिकोटको अगुवाईमा जिल्लामा विगत २६ बर्षदेखि हरेक वर्ष यस्ता शिविर निरन्तर सञ्चालन हँुदै आइ–रहेका छन् ।

नेपाल नेत्रज्योति संघका सभापति खडानन्द पाण्डेको अध्यक्षता तथा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आतिथ्यताम एक कार्यक्रमको आयोजना गरि शिविरको उद्घाटन गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने