१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तराईका जाडोले जनजिवन प्रभावित: कपिलवस्तुमा दुई जनाको मृत्यु

४ पुष २०७४, मंगलवार १३:२८

माधव बेल्वासे | पुस ४, चन्द्रौटा | केहीदिन देखी बढेको अत्याधिक चिसोका कारण तराईका जिल्लाको जन जिवन प्रभावित भएको छ । चिसोका कारण सित लहर चल्दा कपिलवस्तुमा अहिले सम्म २ जनाको मृत्यु भइसकेको छ । पुष २ गते कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा परिचय नखुलेको एक जना र मंगलवार कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगञ्जमा परिचय नखुलेको महिलाको शब फेला परेको छ । 

चिसो हावा र बाक्लो हुस्सुका कारण पुष १ गते देखी घाम नदेखिएपछि तर्राईका जिल्लामा अत्यधिक चिसो बढेको छ । घामै नदेख्ने गरी चिसो बढेपछि बालबालिका, बृद्धा,लगायतलाई  समेत समस्या परेको स्थानिय बद्रि श्रेष्ठको भनाई छ ।

जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले जाडोबाट प्रभावितको सहयोगका लागि सामूहिक प्रयास गरिने निर्णय गरेका छ । इलाका प्रशासन कार्यलय चन्द्रौटाका प्रमुख जगदिश अर्यालका अनुसार स्थानीय तह संगको सहकार्यमा जाडोबाट प्रभावितको पहिचान गरि दाउरा र त्यसपछि न्यानो कपडा वितरण गर्ने सहमति भएको हो ।त्यस्तै शिवराज नगरपालिकाले चिसो वढेसगै अव खरिद गरेर विभिन्न ठाउमा राखिदिने र आगो वाल्ने व्यवस्था गर्ने नगरप्रमुख नेत्रराज अधिकारीले वताए । अस्पताल तथा स्वास्थ्यकेन्द्रहरुमा न्युमोनिया, दम, कोल्ड डाईरिया भएका बिरामीको चाप बढ्न थालेको छ । चिसोको असर चौपाया र हिउँदे बालीमासमेत परेको छ ।

शीतलहरले आलु र गोलभेँडाका बोटमा डढेलो रोग लाग्न थालेपछि किसानहरु समेत चिन्तीत छन । बाक्लो हुस्सुका कारण तराई भेगमा सवारी साधन चलाउन अप्ठेरो भएको छ । उता विद्यार्थिहरुलाई पनि चिसोले विद्यालय पुग्न गाह्रो भएको छ । अहिलेको जाडोयममा सरकारले दउराको व्यवस्थापन गरीदिए राहत हुने महाराजगञ्जका निबर धुनियाले बताउनु भयो । चिसोले दिन प्रती दिन तराइको जनजिवन कष्टकार बन्दै गएको छ । जाडोबाट बच्नाका लागि सरकारले पनि उचित कदम चल्ने अवस्था आएको छ । 

माथिको तश्विरमा: कपिलवस्तुको कृष्णनगर नगरपालिका वहादुगंजमा जाडोले कठ्याग्रिएर ज्यान गएको एक परिचय नखुलेकी महिलाको शव

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ