2026-07-25 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानुनको धज्जी उडाउँदै नेपाल वायुसेवा निगम

पुस ७, काठमाडौं । नेपाल वायु सेवा निगमका क्याप्टेन रमेशचन्द्र उपाध्यायलाई विदेशबाट जहाज अवतरण गर्नासाथ प्रहरीले पक्राउ गर्‍यो । 

उनको साथबाट केही थान नाडी घडी बरामद भयो। लगत्तै घडी तस्करीको आरोपमा निगमले उनलाई जागिरबाट बर्खास्त गर्‍यो। यो करिब ४ दशक अघिको घटना हो।

त्यस्तै तीन दशकअघि क्याप्टेन कमलकृष्ण श्रेष्ठ दुबईबाट जहाज लिएर काठमाडौं आउनासाथ प्रहरी फन्दामा परे। उनको साथमा केही ग्राम सुन भेटियो। त्यसपछि सुन तस्करीको आरोपमा उनलाई पनि जागिरबाट बर्खास्त गरियो।

साढे दुई दशकअघि विदेशबाट जहाज लिएर आएका क्याप्टेन लक्ष्मणलाल दास प्रधानको साथबाट २० हजार अमेरिकी डलर बराबद भयो। लगत्तै निगम व्यवस्थापन समितिले विदेशी मुद्रा तस्करी आरोपमा उनलाई जागिरबाट बर्खास्त गर्‍यो। त्यसपछि एयर होस्टेज पुष्पलता त्रिखत्री, तुलसा बस्नेतलगायतको साथबाट पनि केही थान घडी भेटिएपछि घडी तस्करीको आरोपमा उनीहरूलाई पनि जागिरबाट बर्खास्त गरियो।

निगमको ऐन कानुन यथावत छ। तर त्यसबेला पाइलट र एयरहोस्टेजलाई ठाउँको ठाउँ कारबाही गर्ने निगम अहिले यस्तै प्रकृतिको घटनामा कारबाही गर्न धेरै उदार देखिएको छ। यो खबर सुशील भट्टराईले आजको नागरिक दैनिकमा लेखेका छन्।

२०७३ चैत २८ गते दुबई उडान भर्न लाग्दा निगमका वरिष्ठ क्याप्टेन सुवर्ण अवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे। नियमित ड्यूटी अनुसार जहाज कमाण्ड गरेर दुबई जान लागेका  अवालेको ब्याग राति करिब साढे ११ बजे विमानस्थलका सुरक्षाकर्मीले खान तलासी गर्यो। ब्यागबाट९३ हजार ६ सय अमेरिकी डलर बरामद भएपछि उनलाई पक्राउ गरिएको हो। 

कानुन अनुसार एक व्यक्तिले १ हजार ५ सय अमेरिकी डलर मात्र साथमा लिएर विदेश जान पाउँछन्। उड्यान नियम अनुसार चालक दलका सदस्यले आफूले पाउने भत्ता बाहेक एक पैसा पनि साथमा लिएर जान पाउँदैनन्।

उनै क्याप्टेन अवलेलाई निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारको जोडबलमा सरकारले उडान लाइसेन्स अध्यवधिक गर्ने तालिममा पठाउने अनुमति दिएको छ। अवाली आज राति ११ बजे निगमकै जहाजबाट मलेसिया हुँदै सिंगापुर जाँदैछन्। उनले त्यहाँ करिब २ साता बिताउनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक