६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानुनको धज्जी उडाउँदै नेपाल वायुसेवा निगम

७ पुष २०७४, शुक्रबार ०१:४४

पुस ७, काठमाडौं । नेपाल वायु सेवा निगमका क्याप्टेन रमेशचन्द्र उपाध्यायलाई विदेशबाट जहाज अवतरण गर्नासाथ प्रहरीले पक्राउ गर्‍यो । 

उनको साथबाट केही थान नाडी घडी बरामद भयो। लगत्तै घडी तस्करीको आरोपमा निगमले उनलाई जागिरबाट बर्खास्त गर्‍यो। यो करिब ४ दशक अघिको घटना हो।

त्यस्तै तीन दशकअघि क्याप्टेन कमलकृष्ण श्रेष्ठ दुबईबाट जहाज लिएर काठमाडौं आउनासाथ प्रहरी फन्दामा परे। उनको साथमा केही ग्राम सुन भेटियो। त्यसपछि सुन तस्करीको आरोपमा उनलाई पनि जागिरबाट बर्खास्त गरियो।

साढे दुई दशकअघि विदेशबाट जहाज लिएर आएका क्याप्टेन लक्ष्मणलाल दास प्रधानको साथबाट २० हजार अमेरिकी डलर बराबद भयो। लगत्तै निगम व्यवस्थापन समितिले विदेशी मुद्रा तस्करी आरोपमा उनलाई जागिरबाट बर्खास्त गर्‍यो। त्यसपछि एयर होस्टेज पुष्पलता त्रिखत्री, तुलसा बस्नेतलगायतको साथबाट पनि केही थान घडी भेटिएपछि घडी तस्करीको आरोपमा उनीहरूलाई पनि जागिरबाट बर्खास्त गरियो।


निगमको ऐन कानुन यथावत छ। तर त्यसबेला पाइलट र एयरहोस्टेजलाई ठाउँको ठाउँ कारबाही गर्ने निगम अहिले यस्तै प्रकृतिको घटनामा कारबाही गर्न धेरै उदार देखिएको छ। यो खबर सुशील भट्टराईले आजको नागरिक दैनिकमा लेखेका छन्।

२०७३ चैत २८ गते दुबई उडान भर्न लाग्दा निगमका वरिष्ठ क्याप्टेन सुवर्ण अवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे। नियमित ड्यूटी अनुसार जहाज कमाण्ड गरेर दुबई जान लागेका  अवालेको ब्याग राति करिब साढे ११ बजे विमानस्थलका सुरक्षाकर्मीले खान तलासी गर्यो। ब्यागबाट९३ हजार ६ सय अमेरिकी डलर बरामद भएपछि उनलाई पक्राउ गरिएको हो। 

कानुन अनुसार एक व्यक्तिले १ हजार ५ सय अमेरिकी डलर मात्र साथमा लिएर विदेश जान पाउँछन्। उड्यान नियम अनुसार चालक दलका सदस्यले आफूले पाउने भत्ता बाहेक एक पैसा पनि साथमा लिएर जान पाउँदैनन्।

उनै क्याप्टेन अवलेलाई निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारको जोडबलमा सरकारले उडान लाइसेन्स अध्यवधिक गर्ने तालिममा पठाउने अनुमति दिएको छ। अवाली आज राति ११ बजे निगमकै जहाजबाट मलेसिया हुँदै सिंगापुर जाँदैछन्। उनले त्यहाँ करिब २ साता बिताउनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने