६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् – एमालेबाट समानुपातिक सांसद बन्ने २ पुरूष र ३९ महिला

७ पुष २०७४, शुक्रबार ०२:०९

पुस ७, काठमाडौं | एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ।

प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकतर्फ ठूलो संख्यामा महिलालाई सांसद बनाउँदैछ। एमालेले समानूपातिकतर्फ ४१ सिट जितेको छ। यो खबर नरेन्द्र साउदले आजको अन्नपूर्णमा लेखेका छन्।

एमाले उच्च स्रोतका अनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट जितेकाले समानुपातिकतर्फ जम्मा दुई पुरुषलाई सांसद बनाउने गरी आयोगमा नामावली बुझाउन लागेको हो। प्रत्यक्षमा जम्मा दुर्इजना महिलाले एमालेबाट चुनाव जितेका छन्।

एमालेले खस आर्य समूहबाट स्थायी समिति सदस्य मुकुन्द न्यौपाने र पिछडिएको क्षेत्रबाट मोहन बानियाँलाई समानूपातिकबाट सांसद बनाउँदैछ।

एमालेले ३९ जना महिलालाई समानूपातिकबाट सांसद बनाउँदैछ। एमालेबाट खस आर्य महिलामा राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी,मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैना कुमारी भण्डारी, तीर्था गौतम र शर्मिला कार्की सांसद बन्दैछन्।

महिला सांसदको नाम छनोट गर्दा खस आर्य, मधेसी, जनजाति, दलित, थारुको जनसंख्याका आधारमा नाम छनोट गरी पठाउन लागिएको एमाले स्रोतले बताएको छ।

जनजाति महिलाबाट ११ जना महिलालाई एमालेले सांसद बनाउँदैछ। एमालेले थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुल्सी थापा, नबीना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, विनादेवी बुढा मगर र रणकुमारी बलमपाकी मगर सांसद बन्ने भएका छन्।

सुजिता एमाले नेता शंकर पोखलेर र तुल्सी थापा एमाले नेता वामदेव गौतमकी श्रीमती हुन्। विद्यार्थी नेतृहरु झाँक्री र नबीना पहिलोपटक सांसद बन्न लागेका हुन्।

यस्तै थारु महिलाबाट शान्ता चौधरी, लक्ष्मीकुमारी चौधरी र गंगा चौधरी सत्गौवा सांसद बन्दैछन्। विघठित संसदमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट सांसद बनेकी गंगाको नाम नयाँ शक्ति पार्टीबाट पनि समानुपातिकमा थियो।

तर, उनले अन्तिम समयमा नयाँ शक्तिबाट नाम कटाएर एमालेको सूचीमा नाम राखेकी थिइन। एमालेमा प्रवेश गरेको छोटो अवधिमै सांसद बन्न पाउने गंगालाई ‘भाग्यमानी’ मानिएको छ।

यस्तै एमालेले सात दलित महिलालाई समानुपातिकबाट सांसद बनाउने भएको छ। तुलसी पासी, निरादेवि जैरु, विमला विश्वकर्मा, विमला बिक, पार्वती कुमारी विसुङखे, सानु सिबा र आशाकुमारी बिक पनि एमालेबाट सांसद बन्ने मौका पाउँदैछन।

मधेसी महिलाबाट जुलीकुमारी महतो, डा. पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, रेखा कुमारी झा, सरिताकुमारी गिरी र सीता यादव पनि सांसद बन्दैछिन्। जुली एमाले पोलिटब्यूरो सदस्य एवं धनुषा ४ बाट निर्वाचित रघुवीर महासेठकी श्रीमती हुन्।

मुस्लिम महिलाबाट दुई महिला सांसद बन्ने भएका छन्। एमाले स्रोतका अनुसार कालिला खान र समिना हुसेन पनि सांसद बन्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने