२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश राजधानी तोक्न तयारी पूरा, एक साताभित्रै तोकिने

२०७४, ८ पुष शनिबार ०२:०७

पुस ८, काठमाडौं । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ। निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । 

आयोगले शुक्रबार प्रदेश सभामा समानुपातिकतर्फ दलहरूले पाएको मतपरिणाम सार्वजनिक गरेको छ। यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

अब आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ। र, त्यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ। तर, अझै पनि प्रदेश प्रमुख नतोकिएकाले सरकारलाई दबाब बढेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बिहीबारसम्म प्रदेशको राजधानी र प्रमुख नियुक्त भइसक्ने बताए। सरकारले अघिल्लो बिहीबार नै प्रदेशको राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको थियो।

तर, अन्य दलहरूसँग सहमति गर्न खोजेकाले ढिला भएको उनले बताए। ‘शुक्रबार सर्वदलीय बैठक राखिएको थियो, सकेसम्म राजनीतिक सहमतिका आधारमा निर्णय गर्न भनेर कुरेको हो, अब सरकारले आफ्नो तरिकाले निर्णय लिन्छ,’ परियारले भने।

शुक्रबारको बैठकमा प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा कुनै सहमति हुन नसकेकाले अब सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने उनको भनाइ छ।

प्रदेशको अस्थायी मुकामका लागि सरकारले तयारी पूरा गरेको परियारले बताए। ‘कुन प्रदेशको अस्थायी मुकाम कहाँ तोक्ने भन्ने करिब–करिब निश्चित भइसकेको छ,’ प्रेस संयोजक परियार भने, ‘आन्तरिक तयारी सबै पूरा भइसकेको छ, अब मन्त्रिपरिषद्ले निर्णय गर्न मात्र बाँकी हो।’

यस्तै, प्रदेश प्रमुख नियुक्तिका लागि सरकारले सबै गृहकार्य पूरा गरेको उनको भनाइ छ। परियारका अनुसार प्रदेश प्रमुखमा नियुक्त गर्नेहरूको नामावली छलफल भइरहेको छ। उनले सरकारले राजनीतिक पृष्ठभूमि नभएका विषय विज्ञ र केही पूर्वप्रशासकलाई प्रदेश प्रमुख नियुक्त गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो