2026-07-25 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश सभामा समानुपातिकका सम्भावित सांसद, कुन पार्टीबाट को ? (नामसहित)

पुस ९, काठमाडौं । प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा धेरै सिट जितेका दलहरूले सम्बन्धित प्रदेशमा ३३ प्रतिशत महिला पुर्‍याउन समानुपातिकबाट धेरै महिला पठाउनुपर्नेछ । यसो गर्दा कुनै दलबाट पुरुषको प्रतिनिधित्व नगण्य अथवा शून्य पनि हुनेछ ।

-जनजाति, खसआर्य, दलित, मधेसी, थारू र मुस्लिम समुदायबाट समानुपातिकमा प्रतिनिधित्व गराउँदा सम्बन्धित प्रदेशको जनसंख्याको अनुपातका आधारमा हरेक प्रदेशमा फरकफरक मापदण्ड छ । यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ ।

-दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले बन्दसूचीको क्रमसंख्या लागू हुनुपर्ने भनेको छ । तर, निर्वाचन कानुनमा ‘यथासम्भव’ भन्ने शब्दावली प्रयोग भएकाले दलहरूले तलमाथि गर्न सक्ने सम्भावना बाँकी नै छ ।

प्रदेश १ : समानुपातिक सिट ३७

जनजाति (४६.७९%)

खसआर्य (२७.८४%)

दलित (१०.०४%)

मधेसी (७.५७%)

थारू (४.१५%)

मुस्लिम (३.५९%)

एमाले : १५

प्रदेश नं. १ मा एमालेले जम्मा ५१ सिट पाएको छ । ३३ प्रतिशत महिला पुर्‍याउँदा एमालेले कम्तीमा १७ महिला प्रतिनिधित्व गराउनुपर्छ । तर प्रत्यक्षमा इलाम १ ‘क’ बाट खिनु लिम्बु र उदयपुर २ ‘ख’ बाट कला घलेले जितिसकेकाले एमालेले अब कम्तीमा १५ महिलाको प्रतिनिधित्व समानुपातिकबाट गराउनुपर्ने छ । 

समानुपातिकबाट एमालेले प्रदेश नम्बर १ पाएको सिट नै जम्मा १५ हो त्यसैले समानुपातिकका सम्पूर्ण सिट महिलाका लागि सुरक्षित छन् । अन्य दलमा पनि यस्तै सूत्र लागू हुनेछ ।

जनजाति :  ७

सावित्री जोशी (सुनसरी),उषाकला राई (खोटाङ), कृष्णकुमारी राई (मोरङ), पदमकुमारी गुरुङ (संखुवासभा), विनादेवी राई (धनकुटा), होमकुमारी सावाँ (ताप्लेजुङ) र आशारत्न जवेगू (पाँचथर)

खसआर्य : ४

यशोदा अधिकारी (तेह्रथुम), अम्बिका थापा (उदयपुर), सरिता थापा (मोरङ) र सावित्राकुमारी रेग्मी (मोरङ)

दलित : १

जसमाया गजमेर विश्वकर्मा (इलाम)

मधेसी : १

वसन्तीदेवी यादव (मोरङ)

थारू : १

सुनिता चौधरी (उदयपुर)

मुस्लिम : १

गुलेफुन मियाँ (मोरङ)

कांग्रेस : १३

जनजाति : ६

प्रतापप्रकाश हाङगाम(ताप्लेजुङ), विद्यानन्द चौधरी (मोरङ), चन्द्रप्रसाद श्रेष्ठ (सुनसरी), लीला सुब्बा (धनकुटा), ज्योति सुब्बा (सुनसरी) र डोल्पा तामाङ (सिन्धुपाल्चोक– नागरिकताको ठेगाना)

खसआर्य : ४

शेखरचन्द्र थापा (मोरङ), लोकप्रसाद संग्रौला (मोरङ), शान्ता पौडेल (मोरङ) र विन्दिया कार्की (मोरङ)

दलित : २

रोहित विश्वकर्मा (भोजपुर) र कल्पना सरदार (मोरङ)

मधेसी : १

अनिताकुमारी साबु (मोरङ)

प्रदेश २ : समानुपातिक सिट ४३

मधेसी (५४.३६%)

दलित (१७.२९%)

मुस्लिम (११.५८%)

जनजाति (६.६१%)

थारू (५.२७%)

खसआर्य (४.८९%)

राजपा : १०

मधेसी : ५

राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सबै नाम मधेसी कोटा उल्लेख गरेको छ । जबकि मधेसी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिम र खसआर्यको छुट्टाछुट्टै कोटा निर्धारण गर्नुपर्ने थियो । 

आयोगले यस्तो सूची कसरी स्वीकार गर्‍यो भन्ने प्रश्न उठेको छ । समानुपातिकमा उसले १० सिट पाउँछ । जसमा मधेसी ५, दलित २, मुस्लिम, जनजाति र थारू क्लस्टरबाट १-१ जनाको प्रतिनिधित्व हुन्छ ।

फोरम : ९

मधेसी : ५

उषाकुमारी यादव(बारा), उपमाकुमारी देव (सप्तरी), भीमा यादव (पर्सा), रागिनीदेवी बरनवाल (पर्सा) र किरणकुमारी राय (महोत्तरी)

दलित : २

सुनितादेवी मोची (सिरहा) र चमेलीदेवी दास (धनुषा)

मुस्लिम : १

करिमा बेगम (पर्सा)

जनजाति : १

सन्चमाया मोक्तान (सर्लाही)

कांग्रेस : ११

मधेसी : ६

शिवचन्द्र चौधरी (धनुषा), ओमप्रकाश शर्मा (पर्सा), सरस्वती चौधरी (धनुषा), गीताकुमारी यादव (सप्तरी), मञ्जुकुमारी यादव (महोत्तरी) र शशी गुप्ता (पर्सा)

दलित : २

उमेश पासवान (महोत्तरी) र प्रमिलादेवी दास (महोत्तरी)

मुस्लिम : २

शेषरसिद अली (रौतहट) र नुरुल नेसा (महोत्तरी)

जनजाति : १

शोभाकुमारी लामा (बारा)

प्रदेश ३ : समानुपातिक सिट ४४

जनजाति (५३.१७%)

खसआर्य (३७.०९%)

दलित (५.८४%)

थारू (१.६६%)

मधेसी (१.५७%)

मुस्लिम (०.६७%)

एमाले : १६

जनजाति : ८

जुनेलीमाया श्रेष्ठ (मकवानपुर), सरस्वती बाटी (भक्तपुर), शान्ति थिङ (रसुवा), देवकी श्रेष्ठ (धनकुटा), इन्द्रमाया गुरुङ (सिन्धुपाल्चोक), सीता लामा (काठमाडौं), आशामाया तामाङ (नुवाकोट) र बेलीमैया घले (काठमाडौं)

खसआर्य : ७

रचना खड्का (दोलखा),मनु सिग्देल (मकवानपुर), सरस्वती बस्नेत (दोलखा), गोमा भुर्तेल (काभ्रे), मीना ज्ञवाली (अर्घाखाँची), पार्वती सिलवाल (चितवन) र कमला पराजुली (झापा)

दलित : १

मैना अछामी सार्की (ललितपुर)

कांग्रेस : १४

जनजाति : ८

मिलन श्रेष्ठ (काठमाडौं), राजेन्द्र गुरुङ (काठमाडौं), न्हुच्छेनारायण श्रेष्ठ (काठमाडौं), शन्तबहादुर प्रजा (मकवानपुर), राधा घले (काठमाडौं), जीवन डंगोल (काठमाडौं), विजया श्रेष्ठ केसी (डोटी) र रजनी जोन्छे (भक्तपुर)

खसआर्य : ६

राजाराम कार्की (धादिङ), बलराम पौडेल (चितवन), भीमसेन खत्री (काठमाडौं), सीता वाग्ले (चितवन), बिजुला बर्मा (सिन्धुली), विनु रायमाझी पौडेल (चितवन)

माओवादी : ८

जनजाति : ४

दिनेश महर्जन (ललितपुर), आङदेन्डी लामा (काठमाडौं), हिमाली गोले (दोलखा) र प्रतिमा श्रेष्ठ (सिन्धुली)

खसआर्य : ४

झंक पराजुली (सिन्धुपाल्चोक), सीता अधिकारी (चितवन), भावना सुवेदी (रोल्पा), कञ्चन खनाल (चितवन)

प्रदेश ४ : समानुपातिक सिट २४

जनजाति (४२.३७%)

खसआर्य (३७.२४%)

दलित (१७.४४%)

दलित (१७.४४%)

मुस्लिम (०.७१%)

मधेसी (०.५२%)

एमाले : १०

जनजाति : ४

विजय गुरुङ (पर्वत), मित्रकुमारी गुरुङ सुवेदी (कास्की), सावित्री राना

(बाग्लुङ), मीना गुरुङ (कास्की)

खसआर्य : ४

मायानाथ अधिकारी (लमजुङ), सिर्जना शर्मा (कास्की), प्रभा कोइराला (कास्की), पुष्पा केसी भण्डारी (कास्की)

दलित : २

गोविन्दबहादुर नेपाली (पर्वत), लक्ष्मी सुनार (नवलपरासी)

कांग्रेस :  ९

जनजाति : ४

मेखलाल श्रेष्ठ (स्याङ्जा), हरिबहादुर घले (गोरखा), ललितकला गुरुङ (पर्वत), सरिता गुरुङ (तनहुँ)

खसआर्य : ३

मणिभद्र शर्मा कँडेल (बाग्लुङ), ओमकला गौतम (नवलपरासी), सरस्वती तिवारी (स्याङ्जा)

दलित : २

दोबाटे विश्वकर्मा (तनहुँ), कोपिला बोहरा (स्याङ्जा)

माओवादी : ३

जनजाति : १

गायत्री गुरुङ (पर्वत)

खसआर्य : १

मधुमाया अधिकारी गुरुङ (लमजुङ)

दलित : १

दिलमाया रोकामगर गौतम (बाग्लुङ)

अन्य दल : २

नयाँ शक्ति : १

जनजाति : धनमाया लामा पोखरेल (गोरखा)

जनमोर्चा:  १

जनजाति : पियारी थापा (बाग्लुङ)

प्रदेश ५ : समानुपातिक सिट ३५

खसआर्य (२८.८४%)

जनजाति (१९.५८%)

थारू (१५.१८%)

दलित (१५.११%)

मधेसी (१४.३५%)

मुस्लिम (६.९४%)

एमाले : १३

खसआर्य : ३

विमला शर्मा पन्थी (पाल्पा), सरस्वती गौतम (दाङ), जालपा भुसाल (अर्घाखाँची),

जनजाति : ३

थानकुमारी थापा (कपिलवस्तु), ईश्वरी घर्ती (रोल्पा), सरिता श्रीष (रुपन्देही)

थारू : २

कृष्णी थारू (बर्दिया), धमकली चौधरी (दाङ)

दलित : २

कमला विक (रुपन्देही), ढाँटी सुनार (पूर्वी रुकुम)

मधेसी : २

सुनिताकुमारी ठठेर (रुपन्देही), चिन्तावती कुर्मी (बाँके)

मुस्लिम : १

तलत प्रवीण खाँ (बाँके)

कांग्रेस : १२

खसआर्य : ३

बलदेव शर्मा पोखरेल (प्युठान), निर्मला क्षेत्री (अर्घाखाँची), रमा अर्याल (रुपन्देही)

जनजाति : २

वीरबहादुर राना (पाल्पा), टीकाकुमारी बुढा (रोल्पा)

थारू :  २

भुवनेश्वर चौधरी (बर्दिया), पुष्पा थरुनी (रुपन्देही)

दलित : २

झविन्द्रबहादुर विक (गुल्मी), माला गोतामे सुनार (कपिलवस्तु)

मधेसी : २

अयोध्याप्रसाद यादव (नवलपरासी), रुन्धावती दुवे शर्मा (कपिलवस्तु)

मुस्लिम : १

रायरा शेष मुसलमान (रुपन्देही)

माओवादी : ६

खसआर्य : २

गीता थापा (गुल्मी), दामाकुमारी शर्मा (दाङ)

जनजाति : १

पार्वती पुन गहतराज उषा (रुकुमपूर्व)

थारू : १

लौटी थारू (बर्दिया)

दलित : १

दीपा विक (तनहुँ)

मधेसी : १

सुष्मा यादव (कपिलवस्तु)

प्रदेश ६ :  समानुपातिक सिट १६

खसआर्य (६२.२%)

दलित (२३.२५%)

जनजाति (१३.६३%)

थारू (०.५%)

मधेसी (०.२४%)

मुस्लिम (०.१८%)

एमाले : ६

खसआर्य :  ४

बदमीक्वारी बोहरा (डोल्पा), पद्मा खड्का (सुर्खेत), देवी ओली (रुकुम पूर्व), कौशिलावती खत्री (जाजरकोट)

दलित : १

शारदा दमै (सल्यान)

जनजाति : १

मीनासिंह रखाल (दैलेख)

कांग्रेस : ५

खसआर्य : ३

यज्ञबहादुर बिसी (सुर्खेत), हिमबहादुर शाही (दैलेख), अमृता शाही (सुर्खेत)

दलित : २

लोकबहादुर विक (सुर्खेत), पार्वती सार्की धवलाकोटी (सुर्खेत)

माओवादी : ४

खसआर्य : २

विमला केसी (रुकुम पूर्व), कृष्णा शाह (जाजरकोट)

दलित : १

सीताकुमारी नेपाली (सुर्खेत)

जनजाति : १

पुष्पा घर्ती विष्ट (सुर्खेत)

राप्रपा : १

खसआर्य : १

सोशिला शाही (कालिकोट)

प्रदेश ७ : समानुपातिक सिट २१

 

खसआर्य (६०.०२%)

दलित (१७.२९%)

थारू (१७.२१%)

जनजाति (३.६१%)

मधेसी (१.६४%)

मुस्लिम (०.२३%)

एमाले : ८

खसआर्य : ५

माया भट्ट (बैतडी),

मनाकुमारी साउद (अछाम), पूर्णा जोशी (डोटी), माया तामाङ बोहरा (बझाङ), सुशीला बुढाथोकी (कैलाली)

दलित : २

अर्चना गहतराज (डोटी), दुर्गा विक (अछाम)

थारू : १

चुनकुमारी चौधरी (कैलाली)

कांग्रेस : ८

खसआर्य : ४

गोविन्द बोहरा (डडेल्धुरा), देवराज पाठक (डोटी), दिव्येश्वरी शाह (कैलाली), अम्बीकुमारी थापा (अछाम)

दलित : २

टेकबहादुर रैका (कैलाली), उमा वादी (कैलाली)

थारू : २

श्यामलाल राना (कञ्चनपुर), भगवती चौधरी (कैलाली)

माओवादी : ४

खसआर्य : २

निर्मला बडाल जोशी (दार्चुला), कुन्ती जोशी (डडेल्धुरा)

दलित : १

सुनिता पार्की (बैतडी)

थारू : १

विनिता चौधरी (कैलाली)


के भन्छ आयोग ?

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बन्दसूचीको क्रमसंख्या तलमाथि गर्न नमिल्ने बताएका छन् । अन्य आयुक्तहरूको भनाइ पनि त्यस्तै छ । ऐनमा भएको ‘यथासम्भव’ शब्दले दलहरूलाई बन्दसूचीमा रहेका नाम तलमाथि गर्न सक्ने आधार देखिन्छ । 

राजपाले प्रदेश २ मा समानुपातिकमा ६४ जना नै मधेसी क्लस्टरमा राखेर बन्दसूची बुझाएकोबारे आयोगले केही बोलेको छैन । आयोगलाई यो क्लस्टरका आधारमा निर्वाचितहरूको नाम सार्वजनिक गर्न समस्या हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक