पुस ९, कालीकोट । शुक्रबारदेखि अशान्त बनेको कालीकोट सदरमुकामको जनजीवन थप प्रभावित भएको छ । 

शुक्रबार जिल्ला प्रहरी कार्यालको गेटमै प्रहरीले चलाएको गोली लागी एक जना म्यादी प्रहरीको ज्यान गए पछि कालीकोटको जनजीवन प्रभावित बनेको छ । आफूले पाउने तलब सुविधा कटौती गरेको भन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ९, कालीकोट । शुक्रबारदेखि अशान्त बनेको कालीकोट सदरमुकामको जनजीवन थप प्रभावित भएको छ । 

शुक्रबार जिल्ला प्रहरी कार्यालको गेटमै प्रहरीले चलाएको गोली लागी एक जना म्यादी प्रहरीको ज्यान गए पछि कालीकोटको जनजीवन प्रभावित बनेको छ । आफूले पाउने तलब सुविधा कटौती गरेको भन्"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

तीन दिनदेखि कालीकोटको जनजीवन प्रभावित

९ पुष २०७४, आईतवार १४:४९

पुस ९, कालीकोट । शुक्रबारदेखि अशान्त बनेको कालीकोट सदरमुकामको जनजीवन थप प्रभावित भएको छ । 

शुक्रबार जिल्ला प्रहरी कार्यालको गेटमै प्रहरीले चलाएको गोली लागी एक जना म्यादी प्रहरीको ज्यान गए पछि कालीकोटको जनजीवन प्रभावित बनेको छ । आफूले पाउने तलब सुविधा कटौती गरेको भन्दै म्यादी प्रहरीले शुक्रबार प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका थिए। यस क्रममा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो।

म्यादी प्रहरीको मृत्युको बिषयलाई लिएर शनिबार र आइतबार सदरमुकाम मान्ममा पीडित पक्ष र प्रहरीबीच पटक पटक झडप भए पछि शनिबार दिउँसो चार बजेदेखि मान्ममा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । 

शनिबारको कफ्र्यू आइतबार बिहान दुई घण्टा हटाइए पनि बिहान १० बजे देखी साँझ ६ बजेसम्म कफ्र्यू  लगाइए पछि मान्म बजार दिनभर ठप्प रह्यो । बजारमा प्रहरीको बाक्लो उपस्थितिले स्थानीयलाई आतंकित बनायो भने बजार शुन्य बन्यो ।

कफ्र्यूका कारण कर्णाली राजमार्ग ठप्प रह्यो । सदरमुकामका एक सरकारी विद्यालय र नीजि विद्यालयहरु पूर्ण रुपमा बन्द रहे भने स्थानीय सञ्चार माध्यामको प्रकाशन÷प्रशारण पनि रोकिएको छ । 

आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म कफ्र्यू हटाइए पछि दैनिक आवश्यक बस्तुहरु किनमेल गर्न पाएका छन् । आइतबार साँझ ८ बजेदेखि सोमबार बिहान ७ बजेसम्म पुनः कफ्र्यू लगाईने कालीकोटका प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

आइतबार मृतकका परिवारलाई शव बुझाउने तथा विवाद समाधानको पहल भए पनि दिनभरको छलफल निश्कर्ष विहीन बनेको प्रजिअ गैरेले बताए । ‘मृतकका परिवारले राखेका माग पूरा भए पनि शहिद घोषणा गर्ने बिषयमा कुरा मिलेन’ प्रजिअ गैरेले भने, ‘घटनाको छानविन गर्न सरकारले समितिगठन गरिसकेकाले उक्त समितिको प्रतिवेदनका आधारमा सरकारले सहिद घोषणा गर्ने हो ।’ मृतकका परिवारलाई १० लाख  रुपैयाँ क्षतीपुर्ती दिने र घाईतेको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको बताए ।

चार दिनदेखि जिल्ला प्रशासन कार्यालयमा रहेको मृतक शव बुझ्न आफन्तले मानेका छैनन् । आईतबार शव बुझाउने बिषयमा छलफल भए पनि सहिद घोषणा नगर्दासम्म शव नबुझ्ने अडान मृतकका परिवारले लिए पछि छलफल निश्कर्ष विहीन बनेको हो । 

शव बुझ्ने बिषयमा छलफल भएपनि पोष्ट मार्टम गराउने बिषयमा कुरा नमिलेको प्रजिअ गैरेले बताए । पोष्ट मार्टम जिल्लामै गराउने कि काठमाडौ गराउने बिषयमा कुरा नमिलेको उनको भनाई छ ।

म्यादी प्रहरीको मृत्युको बिषयमा छानविन गर्न सरकारले शनिबार सह–सचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठन गरेको छानविन समिति हेलिकोप्टरमा देखिएको खरावीका कारण आइतबार पुग्न नसकेकोले पनि विवाद मिलाउन समस्या भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल