2026-09-22 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कति पाए म्यादीले ? यस्तो रहेछ विवादको कारण

पुस १०, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइका क्रममा दोलखा र कालिकोटमा झडप भयो । 

दुवै घटनामा म्यादी प्रहरीको असन्तुष्टि थियो– दिने भनिएको सेवासुविधा प्रहरीले कटौती गरेर दियो । तर प्रहरी प्रवक्ता मनोज न्यौपाने म्यादी प्रहरीमाथि तलब र सुविधामा कहीं पनि कुनै भेदभाव नगरिएको बताउँछन् ।

उनका अनुसार म्यादी प्रहरीले पाउने स्थानीय भत्ता (दुर्गम भत्ता) र रासन भत्ताबापत पाउने रकम जिल्लाको भौगोलिक अवस्थितिअनुसार फरक–फरक तोकिएको छ । 

न्यौपानेले देशैभर परिचालित सबै म्यादी प्रहरीले ५५ दिनको मासिक तलब १७ हजार २ सय ३० रुपैयाँका दरले पाएका छन् । यसैगरी, उनीहरूले विशेष भत्ताबापत प्रतिदिन २ सय ५० र खाजाबापत प्रतिदिन २ सय ५० का दरले ७ दिनको जम्मा ३ हजार ५ सय रुपैयाँ पाएका छन् । त्यस्तै, पोसाक किन्न ४ हजार रुपैयाँ र आतेजाते भाडाबापत १ हजार रुपैयाँ पनि देशभरका लागि समान हुन्छ ।

प्रवक्ता न्यौपानेका अनुसार स्थानीय भत्ता र रासन भत्ता भने जिल्लाअनुसार फरक तोकिएको थियो । ‘यही कारण कुल पाउने रकम फरक भएको हो,’ उनले भने, ‘फलानो जिल्लाकाले यति रकम पाए, हामीले किन कम पायौं भन्नु गलत हुन्छ । 

किनकि स्थानीय भत्ता र रासनबापत पाउने रकम जिल्लाअनुसार फरक हुन्छ ।’ उनका अनुसार झापामा म्यादीलाई प्रतिदिन रासन भत्ता एक सय ५७ रुपैयाँ तोकिएको छ भने इलाममा एक सय ६८ । 

कालिकोटमा यही भत्ता २ सय ७१ छ । रसुवामा परिचालित म्यादीले एक सय ९२ रुपैयाँ प्रतिदिनका दरले रासनभत्ता पाएका छन्, कान्तिपुर दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो