2026-09-22 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाश नभएपछि यसरी चल्छ दाहालको सचिवालय

पुस ११, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजनीतिका ‘हट केक’ हुन् । 

दस वर्षे सशस्त्र द्वन्द्व, शान्तिप्रक्रियादेखि अहिलेसम्मको देशको राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दाहालको दैनिकी अत्यन्त व्यस्त छ। छोरा प्रकाशको कुशल व्यवस्थापनले उनको व्यस्त दैनिकी सहज बनाएको थियो। 

तर प्रकाशको निधनपछि अहिले उनको सचिवालयको सहज व्यवस्थापन चुनौतीपूर्ण भएको छ। प्रकाशको ‘अब्बल’ व्यवस्थापनमा उनी निस्फिक्री र ढुक्क थिए। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

सचिवालयमा प्राविधिक, सांगठनिक र व्यवस्थापनमा अहिले उनलाई छोराको टड्कारो अभाव खट्किएको छ। पार्टी संगठन, दैनिक कार्यक्रमका अतिरिक्त दाहालले अहिले घर-परिवारलाई पनि बढी समय दिनु परिरहेको छ। अहिले उनको सचिवालयलाई ‘समय व्यवस्थापन’ गर्न सबैभन्दा धेरै कठिनाइ हुन थालेको छ।

दाहालले प्रकाशको अभावमा आफ्नो सचिवालय हेर्ने गरी नयाँ व्यक्तिलाई नियुक्ति गर्ने सोचेका छन् तर त्यसको टुंगो लगाइसकेका छैनन्। खुमलटार स्रोतका अनुसार उनले राजनीतिक घटनाक्रम केही सहजतामा चल्नेबित्तिकै सचिवालय व्यवस्थित गर्ने योजना बनाएका छन्। पहिलो घेरा दाहालले अहिले पार्टीभित्र सबैभन्दा बढी कृष्णबहादुर महराको विश्वास गर्छन्। 

पोस्टबहादुर बोगटीको निधनपछि उनले आफ्ना विश्वासपात्रका रूपमा महरालाई लिन थालेका हुन्।

युद्धकालदेखि पार्टी टुटफुट, एकता सबैजसो उतारचढावमा अन्तिम अवस्थासम्म दाहाललाई महराले कहिल्यै साथ छोडेनन्। पार्टी भित्री र बाहिरी कुनै महत्वपूर्ण निर्णय लिनुपर्दा दाहालले एकाध घटनाबाहेक पहिलो छलफल महरासँगै गर्छन्।

उनका लागि दाहालनिवास खुमलटारदेखि अन्य कार्यक्रम र छलफलमा कुनै रोकतोक छैन। उनले सहजै दाहालसँग जुनकुनै समयमा पनि पहुँच राख्छन्।

दाहालले आफूले लिने नयाँ स्टेपपछि त्यसलाई व्यवहारतः कार्यान्वयनमा लैजानका लागि भने वर्षमान पुनलाई सम्झने गर्छन्। प्रायःजसो पार्टी निर्णय वा दलीय सहमतिलाई कार्यान्वयनमा लैजानका लागि बनाइने ‘कार्यदल’ मा दाहालले वर्षमानलाई समेट्न छुटाउँदैनन्। पछिल्लोपटक एमाले-माओवादी चुनावी तालमेलको भागबन्डा लगाउन बनाइएको कार्यदलभित्र पनि उनी समेटिएका थिए। 

माओवादी पार्टी एउटै हुँदासम्म दाहालको पहिलो घेराभित्रै पर्थे, रामबहादुर थापा पनि। तर बीचको केही वर्ष थापा पार्टी विभाजनमा गएपछि उनको ठाउँ ‘रिप्लेस’ गर्न आइपुगे- नारायणकाजी श्रेष्ठ।

अहिले फेरि थापासमेत एकै पार्टीमा रहेपछि दाहालले थापा र श्रेष्ठ दुवैलाई औपचारिक संवादलगायत कार्यक्रममा सँगसँगै अगाडि बढाउन थालेका छन्। संगठनमा राम्रो ‘होल्ड’ राख्नसक्ने भएकाले उनले पार्टी संगठनको जिम्मा थापालाई लगाएका छन्। केही नयाँ निर्णयमा पुग्नुअगाडि महरासहित थापा र श्रेष्ठसँग पनि परामर्श गर्ने गरेका छन्।

दाहालका प्रमुख स्वकीय सचिवका रूपमा जोगबहादुर महराले काम गरिरहेका छन्। उनी दाहाल जता पुग्छन्, सँगसँगै हुन्छन्। अहिले प्रकाशको अभावमा दाहालको सम्पूर्ण दैनिक कामको व्यवस्थापन मिलाउने उनको भूमिका बढेको छ। 

दाहालको आफ्नै परिवारभित्र भाइ नारायण, छोरी रेणु र ज्वाईंहरू अर्जुन पाठक तथा सागर केसी पनि भेटघाटलगायतका कार्यक्रमको व्यवस्थापनमा कुनै न कुनै रूपमा जुटिरहेकै हुन्छन्।

दोस्रो घेरा

दाहालको दोस्रो घेरामा हरिबोल गजुरेल, जर्नादन शर्मा, अग्नि सापकोटा, चक्रपाणि खनाल, शक्ति बस्नेत, पम्फा भुसाललगायत नेता छन्। पार्टीले थप केही निर्णय लिनुपर्दा दाहालले पार्टीभित्र केन्द्रीय कार्यालयको बैठक बोलाएर निर्णय लिने गर्छन्। तर त्यसभित्र पनि थप छलफल गर्नुपर्दा वा सहयोग लिनुपर्दा उनले गजुरेल, शर्मा, सापकोटा, बस्नेत र भुसाललगायत नेतालाई बोलाउने, परामर्श गर्ने गर्छन्।

सुरक्षा सहयोगीका रूपमा दाहालसँग लामो समयदेखि पार्टी नेता सन्तु दराईले साथ दिइरहेका छन्। निजी निवासदेखि कार्यक्रमहरूमा दाहालको सुरक्षाको जिम्मेवारीमा दराई देखिँदै आएका छन्। 

यसका अतिरिक्त सरकारको सुरक्षाका रुपमा दानबहादुर मल्लको कमान्डले नेतृत्व लिइरहेको छ। मनहरि तिमल्सिना प्रेससँगको कोअर्डिनेसनमा भूमिका खेल्छन्। त्यस्तै कुमार विश्वकर्मा र सञ्जिवलगायत अति विश्वासिला सहयोगी पनि छन्, दाहालका। कुमारले दाहालको गाडी चलाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो