2026-09-22 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैद्य र विप्लव पार्टी एकीकरण गर्दै

पुस ११, काठमाडौं । शीर्ष दलहरू मिल्न नसकिरहेका बेला टुक्रिएका कम्युनिस्ट पार्टीहरू एकीकरणलाई टुंग्याउने गरी अघि बढेका छन् । 

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको एकता केन्द्र मसाल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच आन्तरिक रूपमा एकीकरणका लागि गृहकार्य भइरहेको छ। 

विचार मिल्नेहरूसँग एकताका लागि आफूहरू खुला रहेको नेकपा क्रान्तिकारी माओवादीले बताएको छ। यो खबर प्रशान्त वलीले आजको नेपाल समाचार पत्रमा लेखेका छन्।

जनवादी केन्द्रीयता, मालेमावादको सिद्धान्त अवलम्बन गर्ने जोकोहीसँग एकताको ढोका खुला रहेको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अम्बिका मुडवरीले जानकारी दिए। 

माओवादी केन्द्र र एमालेसँग पार्टी एकता हुनै नसक्ने बताए। उनले भने– ‘ती पार्टी कम्युनिस्टको सिद्धान्त नै अवलम्बन गर्दैनन्। त्यसैले देशलाई समृद्ध बनाउन नयाँ जनवादी क्रान्ति अनिवार्य छ। 

कम्युनिस्टहरू सदैव क्रान्तिप्रति प्रतिबद्ध भएर लाग्नुपर्छ। हाम्रो प्रयास विचार मिल्ने मुख्यतः विप्लव नेतृत्वको नेकपालगायतका दलसँग एकता हुने कुरा साँचो हो। हामी निरन्तर छलफलमै छौं।’

एमाले र माओवादीको एकीकरण नौटंकी भएको भन्दै असन्तुष्टहरू धु्रवीकरणका लागि आफूकहाँ आएको क्रान्तिकारी माओवादीका नेता सेवन्तराज भण्डारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। क्रान्तिकारी माओवादीले केही दिनमै ऋषि कट्टेल नेतृत्वको नेकपासँग एकता गर्ने गरी छलफललाई अन्तिम चरणमा पुर्याएको बताएको छ।

यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिलाई स्वीकार गरे एकता हुने भन्दै कम्युनिस्टहरूबीच एकीकरणका विषयमा छलफल भइरहेको बताएको छ। 

जनयुद्धलाई स्वीकार गर्ने र एकीकृत जनक्रान्तिलाई आत्मसात् गर्नेहरूलाई आफूहरू धु्रवीकरण गराउन तयार रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बताएको छ।

पार्टीका नेता हेमन्त जिसीले भने– ‘पार्टी एकीकरणका लागि केन्द्रीय नेताहरू छलफलमा हुनुहुन्छ। हामी एकताको पक्षमा छौं। विचार मिल्नेबित्तिकै एकता हुन्छ।’ 

नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत संसद्भित्रका अराजक प्रवृत्तिलाई भण्डाफोर गर्न भन्दै चुनाव उपयोग गरेको थियो भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिष्कारको नीति लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो