2026-09-22 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक वर्षको बजेट चार महिनामै झ्वाम, कुन मन्त्रीले कति सके ?

पुस १२, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । 

एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग थप एक करोड २० लाख रुपैयाँ माग गरेको खबर नयाँ पत्रिकाले छापेको छ  ।

चालू आर्थिक वर्षका लागि सरकारले अनुगमन तथा मूल्यांकन खर्च शीर्षकमा एक करोड ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये एक करोड २९ लाख ३२ हजार रुपैयाँ खर्च भइसकेको छ । 

२९ लाख बराबरको बिल स्वीकृत भइसकेको र बजेट अभावमा भुक्तानी नभएको मन्त्रिपरिषदको कार्यालयको भनाइ छ । 

यस्तै, करिब पाँच लाख बराबरको बिल स्वीकृत हुने प्रक्रियामा रहेको छ । मन्त्रिपरिषद्को कार्यालयसँग अब अनुगमन भ्रमण शीर्षकमा ६७ हजार तीन सय रुपैयाँ मात्र बजेट बाँकी रहेको जनाएको छ ।

कुन मन्त्रीले कति खर्च गरे ?

प्रधानमन्त्री, उनका सुरक्षाकर्मी र सचिवालयसहित जम्मा : ६२ लाख ३९ हजार ८६४ रुपैयाँ

विजयकुमार गच्छदार (स्थानीय विकास) : ४,८९,०३०

गोपालमान श्रेष्ठ (शिक्षा) : ६१,८५०

गिरिराजमणि पोखरेल (स्वास्थ्य–विनाविभागीय) : ३,५०,४३०

ज्ञानेन्द्रबहादुर कार्की (अर्थ) – २,४७,७००

फरमुल्लाह मन्सुर (श्रम) – १,५५,५३८

प्रभु शाह (सहरी विकास– विनाविभागीय) : ८७,८२०

सुनीलबहादुर थापा (उद्योग) : २,१४,५००

दिलनाथ गिरी (सहरी विकास) : २,४४,५७५

जितेन्द्र देव (पर्यटन तथा नागरिक उड्डयन) : ३,६३,१००

गोपाल दहित (भूमिसुधार तथा व्यवस्था) : ३,२१,५७०

मोहनबहादुर बस्नेत (सञ्चार) : १३०५५०

रामकृष्ण यादव (कृषि विकास) : १०६२००

महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) : ६१४०००

अम्बिका बस्नेत (सहकारी तथा गरिवी निवारण) : १०२५०

वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात) : १७४३५०

मीनबहादुर विश्वकर्मा (वाणिज्य) : १८४४००

यज्ञबहादुर थापा (कानुन) : १०२४००

भीमसेनदास प्रधान (रक्षा) : ९२५०

सञ्जयकुमार गौतम (सिँचाइ) – २४३०५०

राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद) : १६३२५०

टेकबहादुर बस्नेत (सामान्य प्रशासन – विनाविभागिय ) – १५०७५०

शिवकुमार मण्डल (आपूर्ति–विनाविभागीय) : २८४६००

महेन्द्रबहादुर शाही (ऊर्जा–विनाविभागीय) : ९००००

आशा कोइराला (महिला बालबालिका तथा समाजकल्याण– विनाविभागीय) : १५७९००

सन्तकुमार थारु (पशुपंक्षी– विनाविभागीय) : ३४८०००

मिथिला चौधरी (जनसंख्या तथा वातावरण) : २०४७६०

जयन्त चन्द (आपूर्ति) – २२४९५०

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो