२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व कीर्तिमानी युवा अर्पणलाई आए ज्यान मार्नेसहितका आधा दर्जन धम्की !

२०७४, १२ पुष बुधबार ०३:४८

पुस १२, काठमाडौँ । तीन महिनायता केही व्यक्तिका कारण आफू र आफ्नो परिवार चरम मानसिक तनाव डुबिरहेको विश्व कीर्तिमानी युवा अर्पण शर्माले बताएका छन् । 

उनका अनुसार ती व्यक्तिले अर्पणको ज्यान लिनेसम्मको धम्की दिइरहेका छन् । लक्ष्मी काफ्लेले लेखेको यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

फेसबुकमा निकै लामो स्टाटस लेखेर अर्पणले उक्त कुराको खुलासा गरेका हुन् ।  स्मरण शक्तिमा विश्व कीर्तिमान बनाएर गिनिज बुकमा नाम लेखाएका झापा भद्रपुर घर भएका अर्पण हाल काठमाडौँमा बस्दै आएका छन् । ‘मेरो भाइलाई पटक–पटक फोन गरेर ती व्यक्तिले धम्क्याउँदै छन्,’ अर्पणले भने, ‘त्यही धम्कीका कारण बुबाआमाको आँखामा आँसु देख्दैछु, आँसुले मलाई भावनात्मक रुपमा कमजोर बनाइरहेको छ ।’

झापा स्थाई बसोबास भएका अर्पण विश्व कीर्तिमान कायम गरेयता काठमाडौँमै बस्दै आएका छन् । बाबुआमालाई पनि अर्पणले नै झापा नबस्न आग्रह गर्दै गत बैशाखमा काठमाडौँ लगेका थिए । ‘काठमाडौँमा मसँगै राखेर खुसी दिने सपना बोकेको थिएँ,’ अर्पणले भने, ‘तर, काठमाडौँ आएदेखि उहाँहरुलाई तनावबाहेक केही छैन ।’


धम्की दिने सबैलाई आफूले राम्ररी चिनिसकेको अर्पणको दाबी छ । उनले सबैको नाम प्रहरीमा दिएका छन् । प्रहरीले उनलाई नाम सार्वजनिक नगर्न भनेको छ । अर्पणको अनुमानमा धम्की दिने ती व्यक्तिहरुमध्ये एउटा बोस हुन सक्छ । बाँकी सबै उसका चेलाहरु हुन सक्ने उनले बताए । उसले आफ्नो दूतहरुबाट भयानक सन्देशहरु पठाउँदै छ, यहीँ बीचमा दूतहरुबाट धेरै चेतावनीहरु पनि आए,’ उनले भने ।

ती व्यक्तिले आफूलाई सिधै सम्पर्क नगरे पनि भाइलाई हप्तामा हप्ता ४ पटकसम्म फोन आउने गरेको अर्पणले सुनाए । ‘आज बिहान पनि फोन आएको थियो,’ नयाँ पत्रिकासँग अर्पणले भने, ‘अर्पणलाई मिडियाले साथ दिएला तर, हामी अघि बढ्छौँ भन्दा रहेछन् ।’

केही दिनयता आफ्नो जीवनमा धेरै अवरोधहरु आउन थालेको अर्पणको भनाइ छ । धम्की दिने व्यक्ति आफैँ कहिल्यै अगाडि नआएर ‘चम्चा’ मात्रै परिचालन गरेको भन्दै अर्पणले उसलाई ‘मुसा’को संज्ञा दिएका छन् ।

‘मलाई चाहे उसले मारोस्, काटोस्, गुन्डा लाओस्, जेसुकै गरोस् तर, म आफ्नो स्वाभिमान त्याग्दिनँ,’ अपर्ण भन्छन्, ‘मलाई मर्न कहिल्यै पनि डर लाग्दैन थियो र लाग्ने पनि छैन, एक न एक दिन सबैले आखिरमा मर्नु नै छ, ढिलो चाँडोको कुरा मात्रै हो । कायर भएर बाँच्नुभन्दा साहसी भएर मर्नु जाती ।’

आफूमाथि आएका सबै धम्कीको भोइस रेकर्ड सुरक्षित रहेको अर्पणले बताए । लुकेर होइन, अगाडि आएर छातीमा गोली हानेर मार्न उनले चेतावनीसमेत दिएका छन् । धम्कीका कारण अर्पण चिन्तित छन् । केही तलमाथि भइदिएमा देशलाई धेरै कुरा दिनबाट आफू चुक्ने उनले बताए । त्यसका लागि उनले सबैमा क्षमा पनि मागिसकेका छन् ।

‘आगामी दिनमा राख्न लागेका विश्व रेकर्डहरु, देशलाई शिक्षाको क्षेत्रमा विश्वमै अब्बल बनाउने योजनाहरु, नेपाली युवाहरुलाई विश्वकै ट्यालेन्ट बनाउने मेरा भिजनहरु, मैले यत्रो वर्ष ध्यान तपस्या गरेर आर्जेको अपार मानसिक शक्ति र त्यसबाट आउने चमत्कारिक परिणामहरु म मेरो देशलाई दिन नसकूँला,’ उनले भने, ‘त्यसको लागि म मेरा सबै शुभचिन्तक र देशबासीहरुसँग अहिले नै क्षमा माग्न चाहन्छु ।’

यो वर्ष १ लाखवटा नम्बर याद राख्ने उनको योजना थियो । पानीमुनि सास बन्द गरेर दुई बुक तास याद गर्ने योजनामा थिए अर्पण । तर, धम्की आउन थालेपछि आफू असमर्थ भएको उनले सुनाए । आगामी वर्षहरुमा धेरै बौद्धिक विश्व रेकर्डहरु राखेर मुलुकलाई विश्व समुदायमा फरक किसिमले चिनाउने उनको योजना छ ।

‘आज आएर बुझ्दैछु प्रतिभा भएका युवाहरु किन बिदेसिन्छन भन्ने,’ उनले भने, ‘राम्रो काम गर्ने मान्छेलाई अनेकौँ बाधा अड्चन सिर्जना गरी निसासिने वातावरण बनाएपछि के नै पो गरुन र !’

सरकारसामु यस्ता छन् अर्पणका प्रश्न

– के नेपाललाई विश्वसामु चिनाउन मरिमेट्ने हामी विश्व कीर्तिमानीहरुको यति नै हैसियत छ यो देशमा ?

– के राज्यले हामीलाई उचित शान्ति सुरक्षा प्रदान गर्न सक्दैन ?

– के हरेक प्रतिभा खुम्चिएर मुर्झाएर डर र त्रासमै बाच्नु पर्ने हो त ?


– कुनै पनि राष्ट्रिय वा सामाजिक अस्तित्व नराख्ने यस्ता मुसाहरुसँग यत्ति धेरै शक्ति कहाँबाट आउछ ? के भइरहेको छ हाम्रो देशमा ?

– नेपालमा हामीजस्तो मान्छेलाई बाँच्न यति गाह्रो बनाउँछन भने गरिब तथा निमुखाहरुलाई कुन हदको अपराध र पाप गर्छन् होला ?

अर्पणलाई आउने धम्कीहरु :

– हामी अर्पण शर्माको पाता फर्काएर ठीक पार्छौं

– नेपालमा ठूल्ठूला पदका मानिसहरुलाई दिनदहाडै मारेका छन्, ८–१० हजारमा मान्छे मार्नेहरु टन्नै पाईन्छन् ।


– त्यसलाई हामी सेमीनार र क्लास पनि गर्न दिँदैनौँ, केटाहरु पठाएर होहल्ला गर्न लाउँछौँ, अवरोध पैदा गर्छौं ।

– अर्पण शर्माले मुख खोल्यो भने हामी मिडियामा ५–१० लाख खर्च गरेर उसको बद्नाम गराउँछौँ, नाङ्गो नाच गराउँछौँ, त्यसपछि क–कसलाई स्पष्टिकरण दिँदै हिडछ ? त्यसपछि उसको करियर पनि समाप्त हुन्छ अनि जिन्दगी पनि ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो