१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

६ दिनपछि म्यादी प्रहरी विवेकको अन्त्यष्टि

१२ पुष २०७४, बुधबार १५:४०

पुस १२, कालीकोट । प्रहरीको गोली लागेर मारिएका म्यादी प्रहरी विवेक ऐडिको ६ दिनपछि बुधबार अन्त्यिष्टि गरिएको छ । 

शुक्रबार प्रहरीको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी ऐडिको बुधबार कालीकोटको शान्तिघाटमा अन्त्यष्टि गरिएको हो । मंगलबार मृतकका आफन्तहरुले जिल्ला अस्पताल कालिकोटमा पोष्टमार्टम पछि शव बुझेर शान्तिघाट लिएपछि बुधबार परम्परागत अनुसार अन्त्यष्टि गरिएको हो ।

म्यादी प्रहरीले ज्याला कम भएको भन्दै गरेको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका विवेक ऐडीको घटनाको छानबिनमा आएको उच्च स्तरीय छानविन समिति पनि बुधबार काठ्माण्डौ फर्किएको छ । 

गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितिले कालिकोट आएर मृतकका आफन्त, विभिन्न सरोकारवालाहरु, स्थानीयबासीसँग बुभ्mनुका साथै घटनास्थलको स्थलगत निरीक्षण गरि काठ्माण्डौ फर्किएको हो ।

गृह मन्त्रालयका सहसचिव मानबहादुर बिश्वकर्मा संयोजक, नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका डिआईजी लक्ष्मण गुरुङ रहेको टोलीले म्यादी प्रहरीले पाएको सेवा सुविधाको छानविनका साथै घटनाका अन्य तथ्याङ्कहरु संकलन गरेको छ । उच्च स्तरीय छानविन समितिका संयोक बिश्वकर्माले घटनाको छानविनमा कुनै कसुर बाँकी नराख्ने बताए ।

काठमाण्डौ फर्किनु अघि पत्रकारसँग कुरा गर्दै उनले आफुहरुले घटनाका सबै तथ्यहरु संकलन गरी लगेको र पीडितका मागहरुलाई सम्बोधन गर्न लाशको पोष्टमार्टम रिपोर्ट लगायतका प्रमाणका आधारमा गृहमा सिफारिस गर्ने जानकारी दिए । उनले छानविनका क्रममा म्यादी प्रहरीको सेवा सुविधामा कुनै अनियमितता नभएको पाईएको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक