Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पलातामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

२०७४, १४ पुष शुक्रबार १५:४७

पुस १४, कालीकोट । जिल्लाको विकट मानिने पलातामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मौषम परिवर्तनसंगै पलातामा रुगा खोकी, ज्वरोका बिरामीहरु बढेपछि घुम्त िशिविरमार्फत स्वास्थ्यकर्मी परिचालन गरिएको हो । त्यहाँका मौषमी रुघा खोकीले प्रकोपको रुप लिन नदिन शिविरमार्फत टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

पलाता गाउँपालिकाको सहयोगमा गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु घुम्ती शिविर मार्फत टोलटोलमा परिचालन गरिएको गाउँपालिका स्वास्थ्य सह–संयोजक बिनोदकुमार न्यौपानेले जानकारी दिए । चिसो बढेसंगै मौषमी रुघा, खोकी र ज्वरोका बिरामीहरु बढेपछि नियन्त्रणका लागि एक हप्ते घुम्ती शिविरमार्फत टोल टोलमा स्वास्थ्यकर्मी पठाईएको उनले जानकारी दिए । पलाता गाउँपालिकाका स्वास्थ्य संयोजक हिमाल संज्यालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लक्ष्मण बमको प्रमूख आतिथ्यतामा बैठक बसी स्थलगत रुपमै मौषमी रोग नियन्त्रणका लागि औषधिसहित स्वास्थ्यकर्मी खटाईएको उनले बताए ।

पलाता गाउँपालिका अन्तर्गत साविकको धौलागोह गाविसमा अहेव रघुजन बमको नेतृत्वमा पाँच सदस्य टोली, खीन गाविसमा अहेक कुम्मप्रसाद पाण्डेको नेतृत्वको पाँच सदस्य टोली र थिर्पु गाविसमा अहेव हंशराज भण्डारीको नेतृत्वमा पाँच सदस्य टोलीलाई औषधिसहित गाउँ पाठाइएको बताइएको छ । ‘पलाता गाउँपालिका अन्तर्गतका साविकको तीन वटा गाविसमा गरी अनुमानित ३ सय जना स्थानीय बिरामी परेका छन्’ न्यौपानेले भने, ‘मौषमी रुघा, खोकी र ज्वरोले संक्रमित भएको अनुमान गरिए पछि त्यसले प्रकोपको रुप लिन नदिन घुम्ती शिविर चलाइएको हो ।’

पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले पलातामा देखिएको मौषमी रुघा, खोकी र ज्वरो नियन्त्रणका लागि जनताको घर घरमा गएर घुम्ती शिविरमार्फत उपचार गरिने बताए । उनले चिसोको समयमा बढी जसो बालबालिका र बृद्धबृद्धाहारुलाई मौषमी रोगको समस्याले सताउने भएकाले उनीहरुको सहजताका लागि समेत शिविर सञ्चालन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी