2026-09-14 12:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा किशोरीहरुलाई महिनावारी सरसफाई सम्बन्धी तालिम

पुस १४, कालीकोट । किशोरीहरुका लागि महिनावारी सरसफाई सम्बन्धी तालिम  र प्याड वितरण गरिएको छ ।  किशोरीहरुका दिन नेपालले साविकका मुम्रा र सिपखाना गाविसमा किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको हो । महिनावारी सरसफाई कार्याक्रम अन्तर्गत जिल्लाका मुम्रा र सिपखाना गाविसका बिभिन्न विद्यालयहरुलाई लक्षित गरी ७ वटा स्थानमा तालिम तथा २५ सय बढी प्याडहरु वितरण गरिएको महिनावारी सरसफाई कार्याक्रमका कार्यक्रम संयोजक लिला सिम्खाडाले बताईन् ।

उनले मुम्रा र सिपखाना गाविसका विद्यालयहरु कालिका आधारभुत विद्यालय, मोतीराम मावि, प्रकाश आधारभुत बिद्यालय, सुन्दर आधारभुत विद्यालय लगायतका ७ वटा स्थानमा १० बर्षदेखी १८ बर्षसम्मका किशोरी तथा १८ बर्षदेखी ४५ बर्षसम्मका महिलाहरुलाई उक्त तालिमसहित प्याड वितरण गरिएको जानकारी दिईन् । तालिममा महिलाहरुले महिनावारी भएको समयमा सरसफाई कसरी गर्ने, महिनावारीको समयमा आत्मरक्षा कसरी गर्ने, मानव बेचबिखनबाट कसरी जोगिने लगायतका बिषयहरुमा जानकारी गराईएको छ ।

महिनावारीको समयमा सरसफाई नभएर महिलाको स्वाथ्यमा गम्भीर समस्या देखिने भएकाले महिलाहरुलाई यस बिषयमा सचेत गराउन यस कार्यक्रमले सहयोग पुग्ने कार्यक्रम संयोजक लिला सिम्खाडाको भनाई छ । किशोरीहरुका दिन नेपालको सहयोगमा यही पुस ४ गतेबाट लागू भएको महिनावारी सरसफाई कार्याक्रम हाललाई ६ हप्तासम्म संचालन हुने र पछि थप गरेर जिल्ला भरी लागू बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने