2026-07-25 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अध्यादेश आफैँ असंवैधानिक र अनुचित छ ’: अाेली

पुस १५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘वामको बहमुत आएपछि केही मान्छेलाई आतंक भएकाे बताएका छन् । 

अध्यादेश जारी भयो भन्ने सुनेको छु, यसरी अध्यादेश जारी हुनु संवैधानिक हो, तर असाधारण दबाबका कारण राष्ट्रपतिले पारित गरिन्’, उनले भने, ‘सरकार बनाउने कुरा प्रतिनिधि सभाको स्वतन्त्र बिजनेस हो । अनुचित ढंगबाट दबाव दिएर अध्यादेश जारी गराइएको छ । तर अध्यादेश आफैँ असंवैधानिक र अनुचित छ ।’अाजकाे अन्नपूर्ण दैनिकमा खवर छ ।

अध्यक्ष ओलीले कांग्रेसले राष्ट्रिय सभामा केही सीट मागेको भए आफूहरु दिन तयार रहेको बताउँदै राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न बाध्य पारिनु गलत भएको जिकिर गरे ।

आफूलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी शक्तिहरुले अन्तिम प्रयास गरिरहेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघको दशौँ साधरणसभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न बहानामा आफूलाई प्रम बन्न नदिने षड्यन्त्र भइरहेको बताएका हुन् ।

‘कुनै कारणबिना सरकार बनाउन विलम्व गर्ने किन ? कुनै हालतमा केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने प्रयास भइरहेको छ’, उनले भने, ‘अहिले भारतले नाकाबन्दी लगायो भन्ने ? नाकाबन्दीविरुद्ध उभिने ? रेल ल्याउँछु भन्ने ? भन्दै केही मानिस सरकार बनाउने बाटोमा तगारो हाल्दैछन् ।’

उनले आफूलाई प्रधानमन्त्री बन्न नदिनैका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि विभिन्न बहाना बनाएर सत्ता ओगटिरहेको बताए । ‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री बन्न नदिन देशी विदेशी खेल भइरहेको छ’, ओलीले भने, ‘यी कुनै पनि प्रयास काम लाग्ने छैनन् । एमाले–माओवादी केन्द्रसमेतको चुनावी तालमेलबाट सरकार बन्छ । सुशासन कायम हुन्छ, आर्थिक समृद्धि आउँछ ।’

अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनुचित दबाव दिएर राष्ट्रिय सभ गठनसम्बन्धी एकल संक्रमणीय प्रणालीसहितको अध्यादेश पारित गराउन बाध्य पारिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ