2026-10-10 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडललाई ४ प्रश्न, दोश्रो अडिसन कहिले हुन्छ ?

चिसाङ शेर्पा/पुस १६, खोटाङ । खोटाङमा जिल्लाब्यापी रुपमा सञ्चालन भईरहेको सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ अहिले बहुत चर्चामा रहेको छ । 

जिल्लामा रहेका कला र गलालाई बिश्वसामु पु¥र्याउन कुनाकन्दरामा लुकेर रहेका प्रतिभाको खोजि निरन्तर भईरहेको छ ।

दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङमा पहिलो चरणको लागि ११ स्थानमा अडिसन राखिएको थियो । हालसम्म दशांै स्थानमा पहिलो चरणको अडिसन सकिंएको छ । सोमवार दिक्तेलमा पहिलो चरणको अन्तिम अडिसन हुंदैछ । 

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका र गाउँपालिकामा भएको सहआयोजकको सहकार्यमा भईरहेको खोटाङ आईडलले कला र गलालाई एकसाथ बाहिर ल्याउने प्रयत्न गर्दैछ । हालसम्म दशौं स्थानबाट सांगितिक रियालिटी शोमा १ सय २३ जना छनौटमा परेका छन् । गत मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट शुरु खोटाङ आईडलको सम्बन्धमा कार्यक्रम संयोजक जिबन कुमार राईलाई सोधिएको प्रश्नको संपादित अंश ।

खोटाङ आईडल गराउने योजना कहाँबाट आयो ?

म आफै संगित क्षेत्रमा रुचि भएको मान्छे हुं, पुर्वाञ्चल आईडलको टप २०, नेपाल आईडलको पहिलो राउण्ड र ईटहरीस्थित नमस्ते एफएफले आयोजना गरेको नमस्ते आईडलको टप पाँचवाट बाहिरीएको थिए । यस्तै, हाम्रा कार्यक्रम ब्यवस्थापक तथा पुर्वाञ्चल आईडल टप थ्री दिपेश पायल राई सांगितकक्षेत्रका ब्यक्ति हुनुहुन्छ । समग्रमा हामी संगित क्षेत्रमा भएकाले टिमनै लागेर खोटाङ आईडलको योजना गरेका हौ । मुलत ः सिक्ने सिकाउने उद्देश्यले गरेका हौ ।  

कती रकमको आयोजनामा खोटाङ आईडल गर्दै हुनुहुन्छ । अनि आय स्रोत के हो ?

कार्यक्रमको रुपरेखा अनुसार अनुमानित १४ लाखको हो । आयस्रोत भनेको प्राय बाहिरी मुलुकमा रहेका संगितप्रेमीहरुबाट नै हो । अहिलेसम्म हामीलाई सहयोग गर्नेमा धेरै प्रवास र कार्यक्रमका लागि वितरित फर्म शुल्क, सहयोग रसिद रहेको छ । थप सहयोगको लागि गाउँपालिका, नगरपालिका, निर्माण व्यावसायी संघ, खोटाङ उधोग बाणिज्यसंघलाई प्रस्ताव पेश गरेका छौ । भावि दिनमा भोटिङ सिष्टम पनि हो ।   

हालसम्म दश स्थानमा पहिलो अडिसन सकिएको छ । कस्तो रह्यो १ सय २३ जना प्रतिभा छनौट गर्दाको यात्रा ?

कार्यक्रम स्थलसम्म पुग्न सकस त भयो नै त्यसमा पनि हाम्रो एकजना निर्णयक भक्त बिक दृष्टिविहिन हुनुहुन्छ । जो संगीतकार, गायक तथा पुर्वेली सरगम संगीत विद्धालयका सदस्य हुनुहुन्छ । तर, पनि गाउँपालिका र नगरपालिकामा रहेको सहआयोजकको व्यवस्थापन सौहार्दपुर्ण थियो । अहिलेसम्मको अडिसनले बालकदेखी बयष्कसम्मलाई स्थान दिएको छ । 

दोश्रो अडिसन कहिले हुन्छ ?

सोमबार दिक्तेलमा पहिलो चरणको अडिसन सकिदैछ । पुसको अन्तिमबाट दोश्रो अडिसन शुरु हुन्छ । त्यसका लागि आयोजकसँग सम्पर्क गर्न अनुरोध गर्छु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने