Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नमूना कार्यक्रम स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी

२०७४, १७ पुष सोमबार १५:१७

पुस १७, कालीकोट । जिल्लाको शान्तिघाट स्यूना सिपखाना सडक खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । 

नेपाल सरकार र बेलायत सरकारको सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रममार्फत निर्माण गरिएको शान्तिघाट स्यूना सिपखाना सडक खण्ड अन्तिम चरणमा पुगेको हो । 

कालिकोट जिल्लाकै पहिलो शान्तिघाट स्यूना सिपखाना ग्रामीण सडकले जिल्लाको रास्कोट क्षेत्रको आर्थिक विकासका साथै स्थानीय उत्पादनहरुको बजारिकरणका लागि महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।

स्थानीय साझेदार ग्रामीण बिकास तथा पर्यावरण संरक्षण मञ्च नेपालको (भिडिसेफ नेपाल) कालिकोटको सामाजिक परिचालनमा सन् २०११ देखी जिल्लाको रास्कोट क्षेत्रमा लागू भएको ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण अन्तर्गत निर्माण गरिएको उक्त सडक आगामी माघ १० गते नेपालका लागि बेलायती राजदुत रिचार्डले कालिकोट आएर उद्घाटन गर्ने तयारी रहेको ग्रामीण पहुँच कार्यक्रमका जिल्ला संयोजक रमेश खोताखोले बताए । 

उनले शान्तिघाट स्यूना सिपखाना सडक निर्माण कार्य अन्तिम चरणमा रहेको बताउँदै पुस मसान्तभित्र निर्माण कार्य पुरा गरेर माघ १० गते बेलायती राजदुत रिचार्डले उद्घाटन गर्नुका साथै रास्कोट नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी थालिएको बताए । 

ग्रामीण पहुँच कार्यक्रमको स्थानीय साझेदार संस्था भिडिसेफ नेपाल कालिकोटका अध्यक्ष मीनबहादुर बोगटीले गुणस्तरीय सडक निर्माण र महिला पुरुष समान ज्यालालगायतका कार्यले जिल्लामै नमूनाको भएको दावी गरे । 

‘काममा महिलाहरुलाई पनि पुरुष समान अवसर र जिल्लामै पहिला पटक महिला पुरुष समान ज्याला ग्रामीण पहुँच कार्यक्रमले दिने पद्धतिको विकास गरेको हो’ उनले भने, ‘यो कार्यक्रम जिल्लाकै नमूना कार्यक्रम भएको छ । 

यो हाम्रो मात्र दावी होइन जिल्लाबासी सबैको स्वीकार गरेको कुरा हो ।’ उक्त कार्यक्रमले गाउँमा बिकास र स्थानीयको लागि आय आर्जन गर्न मद्यत गरेको बताए ।

३२ करोड ८१ लाख लागत इस्टमेट गरिएको उक्त सडक आयोजनामा हालसम्म ३० करोड १२ लाख ८० हजार मजदुरलाई ज्याला भुक्तानी गरेर खर्च भईसकेको छ । ग्रामीण पहुँच कार्यक्रमका कार्यक्रम अधिकृत सुनिलबाबु श्रेष्ठका अनुसार उक्त सडक निर्माणका लागि काम गर्ने मजदुरहरुले ३० करोड १२ लाख ८० हजार रुपैयाँ बुझेका छन् । 

उक्त कार्यक्रममा रास्कोट क्षेत्रका ४ सय ८२ जना महिला र १ हजार ४ जना पुरुष गरी १ हजार ४ सय ८६ जना स्थानीय हालसम्म ६ लाख ३० हजार १ सय ७१ दिन रोजगारी पाएका छन् । सडक निर्माणका लागि प्रति समूह २० जनाको सहभागितामा जम्मा ७२ वटा सडक निर्माण समूहले काम गरिरहेका छन् ।

‘प्रत्येक सडक निर्माण समूहले आफ्नो मासिक ज्यालाको १० प्रतिशत आम्दानी बचत गरेर आय आर्जनका काममा लगानी गरिएको छ’ उनले भने, ‘जसबाट २ करोड ५ लाख २३ हजार कामदारहरुले हालसम्म बचत गरेको र उक्त रकमबाट आफ्नो समूहभित्रै विभिन्न आयआर्जनका काममा १ करोड ९७ लाख ६२ हजार ५ सय ३४ रुपैयाँ लगानी भएको छ ।’ सडकको निर्माणको अवस्था तथा सडकको बिभिन्न भागमा आएको जग्गा विवाद समाधानका लागि जिल्लास्तरबाट अनुगमन समेत गरिएको छ ।

जिल्ला समन्वय समिति प्रमूख अनीपाल शाही, उप प्रमूख लक्ष्मी बिष्ट, रास्कोट नगरपालिकाका मेयर काँशिचन्द्र बराल, उप मेयर मिमसरा बम (शाही), भिडिसेफ नेपालका उपाध्यक्ष नेत्र देवकोटा, पत्रकार, नागरिक समाज लगायतका सरोकारवालाहरुले अनुगमन गर्दै ग्रामीण पहुँच कार्यक्रमले जिल्लाकै नमुना सडक निर्माण गरेको बताए । 

जिल्ला समन्वय समिति प्रमूख अनिपाल शाही र रास्कोट नगरपालिका प्रमूख कासिचन्द्र बरारले रास्कोट क्षेत्रलाई नगरपालिका बनाउन र यहाँको स्थानीय उत्पादनहरुको बजारीकरण गरि नगरको आर्थिक विकासका लागि उक्त सडकले महत्वपूर्ण योगदान पु¥याउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी