२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले-माओबादी एकता: सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

२०७४, १८ पुष मंगलवार ०१:३६

पुस १८, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । 

पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्नेदेखि एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले अपनाउँदै आएको ‘माओवाद’ दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषयसम्ममा छलफल सुरु भएको छ। यो खबर प्रकाश तिमल्सिनाले आजको नागरिक दैनिकमा लेखेका छन्।

एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद र माओवाद दुवैलाई तत्काल थाती राखेर नयाँ सैद्धान्तिक नीति बनाउनुपर्ने प्रस्ताव अघि सारिसकेका छन्। एमालेको ‘जबज’ ले अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा शान्तिपूर्ण तथा लोकतान्त्रिक विधिसहित गरिने क्रान्ति र माओवादीको ‘माओवाद’ ले पनि अर्धसामन्ती–अर्धऔपनिवेशिक मुलुकमा गरिने सशस्त्र क्रान्तिको कल्पना गरेकाले यी दुवैको कार्यभार सम्पन्न भइसकेको उनको विश्लेषण छ।

हाल मुलुक अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा नभएको र जनवादी क्रान्ति चरण पूरा भएकाले अबको सिद्धान्त ‘राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको यात्रा’ हुनुपर्ने भुसालको नयाँ प्रस्ताव छ। यसमा नारायणकाजी श्रेष्ठलगायतका माओवादी नेताले पनि समर्थन जनाउन थालिसकेका छन्।

‘अब एमालेले जबज र माओवादीले माओवाद छाडेर पार्टी एकीकरणका लागि नयाँ सैद्धान्तिक बाटो तय गर्नुपर्छ’, श्रेष्ठले नेपाल अध्ययन केन्द्रको कार्यक्रममा भने, ‘पुरानै सिद्धान्तमा अडान राखेर समाज बुझ्न पनि सकिन्न, पार्टी एकीकरण पनि हुन सक्दैन।’ त्यसका लागि एकीकरण पछिको नयाँ पार्टीमा नयाँ सिद्धान्त स्थापित गर्नुपर्ने विषयमा दुवै दलका नेतामाझ छलफलको क्रम सुरु भएको छ।

एमाले र माओवादीबीचको एकीकरण प्रक्रिया सुरु भएलगत्तै पार्टीको नयाँ नामका विषयमा पनि छलफल सुरु हुन थालेको छ। ‘नयाँ पार्टी बनाउने भएपछि नाम पनि नयाँ नै हुनेछ,’ माओवादी नेता देवेन्द्र पौडेल भन्छन्, ‘नयाँ नामकरण गरेर गइयो भने पार्टी एकीकरण भएको सन्देश तलैसम्म जान्छ।’ उनका अनुसार नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टीजस्ता विकल्पबारे बहस सुरु भएको छ।

त्यसो त दुवै पार्टीका शीर्ष नेतृत्वको व्यवस्थापनमा कठिनाइ देखिरहेका बेला युवा नेताले भने विभिन्न विकल्पमा छलफल र प्रस्ताव गर्न थालेका छन्। एमाले सचिव योगेश भट्टराईले पार्टी एकीकरणपछि केपी शर्मा ओली र पुष्पकमल दाहालले अन्यलाई नेतृत्व हस्तान्तरण गरी अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने प्रस्ताव गरिसकेका छन्।

एकीकरणपछिको नयाँ पार्टी नेतृत्वको सबालमा पनि दुवै पार्टीका नेताबीचमा आन्तरिक छलफल सुरु भइसकेको माओवादी नेता पौडेल बताउँछन्। ‘एउटा पार्टीको नेतृत्वले सरकार सञ्चालन गरेमा अर्को पार्टीको नेतृत्वले नयाँ पार्टी हाँक्न सक्नेगरी व्यवस्था मिलाउन सकिन्छ’, पौडेल भन्छन्, ‘एमालेको पहिलो रोजाइ होस्, माओवादीको दोस्रो रोजाइ हुन सक्छ।’ 

त्यसो त पार्टी अध्यक्ष, प्रधानमन्त्री, संसदीय दलका नेतालगायत एउटै व्यक्तिलाई दिन नहुने भन्दै एक पद एक व्यक्तिको सिद्धान्तमा जानुपर्ने बहस पनि सुरु भएको छ।

महाधिवेशनसम्मका लागि ओली र दाहाल दुवै रहेको अध्यक्ष मण्डल बनाउनेबारे पनि छलफल भएको छ। एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने, झलनाथ खनाल राष्ट्रपतिको भूमिकामा बस्ने, दाहालले पार्टी नेतृत्व गर्ने, माधव नेपालले संसदीय दलको नेतृत्वको जिम्मेवारी लिनेजस्ता वैकल्पिक प्रस्तावमा पनि छलफल सुरु भएको छ। 

एमालेका वामदेव गौतम, भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल तथा माओवादीका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरालगायतलाई स्थायी समितिमा राख्नेबारे पनि छलफल चलेको छ।

गौतमले राजनीतिमा सक्रिय हुनेगरी कुनै पनि कार्यकारी पदमा रहनेभन्दा पनि आर्थिक विकास र योजनासम्बन्धी समितिमा बस्न चाहेको खुलासा भइसकेको छ। ‘उहाँ (गौतम) ले आर्थिक विकाससम्बन्धी समितिमा राखिदिनुस् भन्नुभएको छ,’ दाहालले गौतमको इच्छालाई उनकै पुस्तक विमोचन समारोहमा खुलासा गरेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनले भने तिनै पदमा दोहोरिने इच्छा पार्टी नेतृत्वसमक्ष राखिसकेका छन्। नेतृत्वले भने निर्णय लिइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट