2026-10-31 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा एउटै वडाका दुईजना महिला बेपत्ता

पुस १९, कपिलवस्तु । यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् । 

बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । 

अर्घाखाँची गौचौर माइती घर भएकी गुरुङ मंसिर २४ गतेदेखि बेपत्ता भएकी हुन् । गुरुङ मंसिर १५ गते अढाइ वर्षको छोरालाई लिएर माइत गएको नन्द धना गुरुङले बताउनुभयो । उता माइतीमा तीनदिन बसेपछि घर जान्छु भन्दै बस चढेको माइती परिवारले बताएको छ । 

म घर आईपुगेँ भनेर आफूलाई समेत फोन गरेको उनकी आमाले बताउनुभयो । माइत गएको धेरै दिन भयो, भाउजु अझै आउनु भएन भन्दै नन्दले माइतमा फोन गर्दा बल्ल हराएको पुष्टि भएको हो । 

उनकी सासूले गहभरि आँशु पार्दै भन्नुभयो, “हाम्रा आफन्त भएका सबै ठाउँमा खोजियो कतै पत्ता लगाउन सकिएन, अरुभन्दा नि नातिको सारै याद आउँछ ।” 

यस्तै, यही पुस ५ गतेदेखि बेपत्ता भएकी अर्की महिला राधाको घटना भने फरक छ । मलाई कसैले नखोज्नुहोला भन्ने एक पान्नाको चिठी लेखी घरमा छोडेकी राधा कहाँ गइन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको उनका ससुरा छन्दबहादुर परियारले बताउनुभयो । 

पत्रमा कुनै ठाउँमा जान्छु भनेर स्पष्ट नलेखेको परियारले बताउनुभयो । सबै ठाउँमा खोजी गरिएको तर अहिलेसम्म पत्ता लगाउन नसकिएको पारिवारिक स्रोतले बताएको छ । 

गीता गुरुङका श्रीमान् मलेसियामा र राधाका श्रीमान् ओमनमा हुनुहुन्छ । दुवै परिवारले इलाका प्रहरी कार्यालयमा खोजिदिनका लागि निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । दुवै परिवारले खोजिदिनका लागि सबैसँग आग्रह गरेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय