2026-10-31 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

व्यवसायिक कृषि तथा व्यापार आयोजनाको सार्वजनिक सुनुवाई

पुस २०, कालीकोट । व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्टको विहीबार सार्वजनिक सुनुवाई गरिएको छ । 

जिल्लामा क्रियाशिल हिमचुली कृषि सहकारी संस्था, मोडेल कृषि सहकारी संस्था र हिमशिखर बहुउश्यशीय सहकारी संस्था मार्फत सञ्चालित प्याक्ट परियोजनाको संयुक्त रुपमा कार्यक्रमका बारेमा सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रमा बोल्दै व्यवसाहिक कृषि व्यापार आयोजनाका आयोजना प्रमुख एवम् सार्वजनिक सुनुवाइ कार्यक्रमका प्रमुख अथिती हरिप्रसाद पण्डितले आयोजनाले नेपालमा कृषिको क्षेत्रमा २०६५ सालदेखि काम गर्दै आएकाले अव नेपालको कृषिको क्षेत्रमा सुधार गर्न केही उपायहरु थाहा पाइसकेको बताए । उनले कृषि पेशालाई कसैले पनि सानो सम्झन नहुने उनको सुझाव छ ।

हिमचुली कृषि सहकारी संथाका अध्यक्ष कालीबहादुर महताराले परम्परागत कृषि पेशालाई व्यवसाहिक गर्न सके नागरिकहरुको आर्थिक समृद्धि हुने बताए । किसानको इच्छा र चाहाना भएमा पूँजीको आवश्यकता नहुने भन्दै उनले कृषिमा आधुनिकता ल्याउनु अपरिहार्य भएको बताए । 

कार्यक्रममा हिम्चुली कृषि सहकारी संस्थामार्फत खाँडाचक्र, तिलागुफा नगरपालिका, पचालझरना र नरहरीनाथ गाउँपालिकामा बाख्रापालनका लागि १३ वटा आधुनिक खोर निर्माण, किसानलाई प्रविधि बितरण तथा कृषकलाई अवलोकन भ्रमण गरिएको हिमचुली सहकारी संस्थाका व्यवस्थापक भीम बरालले जानकारी दिए । उनले गतिविधिमा ३० लाख प्याक्टमार्फत र ३७ लाख संस्थागत लगानी भएको जानकारी जनाए ।

कार्यक्रममा मोडेल कृषि सहकारी संस्थाका अध्यक्ष रत्नप्रसाद आचार्यले जिल्लाको कालिका गाउँपालिकामा बाख्रा पालनका लागि १३ वटै आधुनिक खोर निर्माण, १३ वटै पानी ट्यांकी निर्माण, खसी बोका ढुवानीका लागि जीप खरिद, बाख्रापाल किसानलाई तालिम, बाख्रा नुहाउने ट्यांकी लगायतका गतिििध सञ्चालन गरिएको बताए । उनले आफ्नो संस्थाबाट ४६ लाख ६१ हजार र प्याक्टको ४६ लाख ७७ हजार लगानी खर्च भएको बताए ।

कार्यक्रममा हिमशखर बहुउद्देश्यीय सहकारी संस्थाका कार्यबाहक अध्यक्ष गंगाराम धितालले आफ्नो सहकारीमार्फत ५२ लाखको लगानीमा कालिका गाउँपालिकाको वडा नं. २, खाँडाचक्र नगरपालिकाको तालाखोरमा गरी २ वटा खसी बोका संकलन केन्द्र, मान्म बजारमा शुद्ध मासु पसल स्थापना गरिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय