पुस २१, काठमाडौँ । महँगो भाडामा गाडी चढेर स्थानीय तहका जनप्रतिनिधिले सुविधामुखी चरित्र देखाउन थालेका छन् ।
महिनाको एक लाखभन्दा माथि गाडी भाडा तिर्ने उनीहरूले जनसरोकारका काम भने देखाउन सकेका छैनन् ।
प्यूठानको माण्डवी गाउँपालिका अध्यक्षका लागि मासिक ९० हजार भाडामा लिइएको गाडी बायाँ र कालिकोटको खाडाचक्र नगरपालिकाले भाडामा लिएको जिपमा राचुली जान लागेका जनप्रतिनिधि । तस्विर कान्तिपुरबाट
प्राथमिकता नचिनेर सुविधाको पछि मात्र लागेकामा आलोचना भइरहे पनि उनीहरू त्यसलाई सुनेको नसुन्यै गरिरहेका छन् । आजको कान्तिपुरमा यो खबर छ ।
कालिकोटमा अधिकांश स्थानीय तहले विकास योजनाभन्दा गाडी खरिदमा बढी ध्यान दिन थालेका छन् ।
मोटरबाटो नपुगेका गाउँपालिकामा समेत मोटरसाइकल र चारपांग्रे सवारी किन्ने होडबाजी छ । कतिपयले मासिक लाखौं खर्चिएर भाडामा लिएका छन् ।