१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चटपटे र पानीपुरी खाँदै हुनुहुन्छ ? सावधान ! तपाइलाई मृत्युको मुखमा पुर्याउनसक्छ

२६ पुष २०७४, बुधबार ०४:०६

पुस २६, काठमाडौं । तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ भने सावधान रहनुहोला । 

किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो ।

आजको कारोबारमा खबर छ-विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलबाट दूषित र हानिकारक तेल बिक्री गरेको फेला पारेको हो । ‘

कवाडी पसलमा स्वास्थ्यलाई प्रतिकल असर पार्ने पुरानो गन्हाउने तेल बिक्री गरेको भेटियो’ शाखा अधिकृत पोखरेलले भने ‘ लेबल नभएको म्याद नाघेका ८० लिटर तेल जफत गरी प्रहरीलाई बुझाएका छौं।’


उपभोक्ताको स्वास्थ्यलाई प्रतिकुल असर पार्ने तेल भएकाले सो तेल बिक्री गर्ने एक जना र खरिद र्ने दुई जनालाई पक्राउ गरी गौशाला प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए ।

तोरीको तेल भनेर ड्रममा राखेर प्रतिलिटरमा तीन सयदेखि चार सय रुपैयाँसम्म बिक्री गरेको अनुगमनका क्रममा भेटिएको छ । भारतीय नागरिक राजेश रौनियार सञ्चालक रहेको सो कवाडी पसलमा लामो समयदेखि हानिकारक तेल बेच्दै आएको पाइएको छ ।

सो तेल चटपटे र पानीपुरीमा प्रयोग गर्ने गरिएको छ। सडक पेटीमा ठेलामा राखेर बिक्री गर्ने चटपटे र पानीपुरीमा सो तेल प्रयोग गर्ने गरेको पाइएको छ। यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ठेलामा राखेर बिक्री गरिने ससेज, पानीपुरी, चटपटे दूषित रहेको फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन