२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चटपटे र पानीपुरी खाँदै हुनुहुन्छ ? सावधान ! तपाइलाई मृत्युको मुखमा पुर्याउनसक्छ

२०७४, २६ पुष बुधबार ०४:०६

पुस २६, काठमाडौं । तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ भने सावधान रहनुहोला । 

किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो ।

आजको कारोबारमा खबर छ-विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलबाट दूषित र हानिकारक तेल बिक्री गरेको फेला पारेको हो । ‘

कवाडी पसलमा स्वास्थ्यलाई प्रतिकल असर पार्ने पुरानो गन्हाउने तेल बिक्री गरेको भेटियो’ शाखा अधिकृत पोखरेलले भने ‘ लेबल नभएको म्याद नाघेका ८० लिटर तेल जफत गरी प्रहरीलाई बुझाएका छौं।’


उपभोक्ताको स्वास्थ्यलाई प्रतिकुल असर पार्ने तेल भएकाले सो तेल बिक्री गर्ने एक जना र खरिद र्ने दुई जनालाई पक्राउ गरी गौशाला प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए ।

तोरीको तेल भनेर ड्रममा राखेर प्रतिलिटरमा तीन सयदेखि चार सय रुपैयाँसम्म बिक्री गरेको अनुगमनका क्रममा भेटिएको छ । भारतीय नागरिक राजेश रौनियार सञ्चालक रहेको सो कवाडी पसलमा लामो समयदेखि हानिकारक तेल बेच्दै आएको पाइएको छ ।

सो तेल चटपटे र पानीपुरीमा प्रयोग गर्ने गरिएको छ। सडक पेटीमा ठेलामा राखेर बिक्री गर्ने चटपटे र पानीपुरीमा सो तेल प्रयोग गर्ने गरेको पाइएको छ। यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ठेलामा राखेर बिक्री गरिने ससेज, पानीपुरी, चटपटे दूषित रहेको फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु