२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युज फिडमा महत्वपूर्ण परिवर्तन गर्दै फेसबुक, कसलाई कति असर पर्छ ?

२०७४, २९ पुष शनिबार ०२:५५

पुस २९, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले न्युड फिडमा परिवर्तनको योजना सार्वजनिक गरेको छ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ‘व्यवसाय, ब्राण्ड र मिडियालाई पोस्टको कम महत्व र यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी’ परिवर्तन गर्न लागेको जानकारी दिएका छन् ।

उनका अनुसार अब फेसबुकमा परिवारका सदस्यसँगको साथीसँगको सम्वादलाई प्रोत्साहित गर्ने सामग्रीमा जोड दिइनेछ । यो खबर हामीले नागरिक दैनिकबाट लिएका हौ ।

नयाँ परिवर्तनले फेसबुकमार्फत आफ्नो पोस्टलाई बढीभन्दा बढी मानिससम्म पुगाउने संस्थाहरुको लोकप्रियतामा भने कमी आउनसक्ने उनले स्वीकार गरेका छन्।

यसबाट अनलाइन मिडिया बढी प्रभावित हुनसक्ने बताइएको छ । उनीहरुले फेसबुकमा आफ्नो पोस्टको लोकप्रियता कम भएको देख्नसक्नेछन्। परिवर्तनहरुको आउने हप्तादेखि प्रभाव देखिनेछ।

‘हाम्रो समुदायबाट हामीले प्रतिक्रिया पाएका छौं कि सार्वजनिक सामग्री, व्यवसाय, ब्राण्ड र मिडियाबाट भइरहेका पोस्टहरुले व्यक्तिगत क्षणहरु हल्लाउँदैछ, जसले हामीलाई एकअर्कासँग जोड्नका लागि नेतृत्व गर्छ,’ उनले भनेका छन्।

आफ्नो टिमलाई ‘फेसबुक मानिसहरुको भलाईका लागि राम्रो माध्यम हो’ भन्ने बनाउन दायित्व महसुस भएको उनको भनाई छ। ‘यदि सार्वजनिक सामग्रीलाई प्रवर्द्धन गर्ने हो भने यसलाई सामाजिक सम्पर्कको प्रोत्साहनको रुपमा हेर्नुपर्छ,’ उनले भनेका छन्।

जुकरबर्गले फेसबुकको दुरुपयोग रोक्न र प्रयोगकर्ताको समयको सदुपयोग गर्न महत्वपूर्ण परिवर्तन गर्न लागेको स्पष्ट पारे।

पछिल्लो समय प्रचारको माध्यम बनेको लाइभ भिडियो फिडको उदाहरण दिँदै  जुकरबर्गले भने– मलाई विश्वास छ कि यी परिवर्तनले फेसबुकसँग जोडिरहन मानिहरुलाई कम खर्च गर्नुपर्नेछ।

उनले परिवर्तनपश्चात मानिसहरुले फेसबुकमा खर्च गर्ने समय अधिक मूल्यवान हुने आशा पनि व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय