१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ: डा. केसी

३० पुष २०७४, आईतवार ०१:२१

पुस ३०, काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। 

‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । पराजुलीले सर्वोच्चको आदेश पालना नगरेमा फेरि सत्याग्रह सुरु गर्नेछु ।’ 

भ्रष्ट र अपराधी सर्वोच्चमा रहने, सत्याग्रही जेलमा जाने ? कस्तो नियम भन्दै केसीले प्रश्नसमेत गरे । उनले आइओएमको डिनमा अग्रवालको विकल्प अरू हुनै नसक्ने बताए । 

‘अहिले डिन अर्कै व्यक्ति बनाउने खेल भइरहेको छ,’ केसीले भने, ‘अग्रवालले बाँकी तीन वर्षको कार्यकाल सम्हाल्नेछन्, त्यसमा चलखेल भए परिणाम राम्रो हुनेछैन।’

प्रा.डा.  केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा नदिए पुनः अनशन बस्ने चेतावनी दिएका छन् । सरकारसँग भएको पाँचबुँदे सहमतिपछि छैटौँ दिन अनशन तोडेका केसीले पराजुलीले राजीनामा नदिए फेरि अनशन बस्ने चेतावनी दिएका हुन् ।

मर्न तयार भएको व्यक्ति एक वर्षको जेलले असर गर्दैन

केसीले देशमा लुटतन्त्र मच्चाउनेविरुद्ध लड्न आफूले कहिल्यै नछाड्ने बताए । ‘मैले सत्याग्रह सुरु गरेको तीन मिनेटमा मलाई प्रहरीले पक्राउ गर्‍यो,’ केसीले भने, ‘फौजदारी मुद्दा लगाउँदैमा डराउँदिनँ । 

मलाई एक वर्ष होइन, पाँच वर्ष जेल हाल्दा पनि हुन्छ ।’ चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको पक्षमा मर्न तयार भएर लडेको व्यक्ति जेल बस्नबाट पछि नहट्ने उनको भनाइ छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने