१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा भुकम्पबाट जोगाउन सडक नाटक प्रदर्शन

२ माघ २०७४, मंगलवार १८:०२

माघ २, कालिकोट । रेडक्रस सोसाईटीको ज्याकेट लगाएका मानिसहरु बिरामी बोक्ने स्टेचर बोकेर भेला भए स्थानीयहरु केही समय अन्यौलमा परे । 

केही दुर्घटना भएको र उद्धारका लागि रेडक्रसकर्मी र सुरक्षाकर्मी तयार भएको अड्कल गरेका स्थानीयलाई पछि त्यो नाटक हो भन्ने त्यतिबेला थाहा पाए जतिबेला भुकम्प आएर धेरै मानिसहरु घाइते भएको भन्दै उद्धारका लागि रेडक्रसकर्मीले अस्पताल लैजाने तयारी गरे ।

नयाँ भवन निर्माणका लागि भत्काएएको जिल्ला समन्वय समिति कालीकोटको निर्माणधीन भवन आसपासमा भकम्प आएको हल्लाले सबैलाई साँच्चै भुकम्प आएको होला भनने विश्वास गराएको थियो । 

सडक नाटकमा भुकम्प आएको र भुकम्पका कारण जोखिमयुक्त घरहरु भत्किम्दा स्थानीयबासी घाईते भएको तथा घाईतेहरुलाई रेडक्रसकर्मीले उद्धार र प्राथमिक उपचार गरी एम्बुलेन्समा हालेर अस्पताल लगिए पछि यो नाटक हो भन्ने थाहा भएको थियो ।


राष्ट्रिय भुकम्प दिवसका अवसरमा कालिकोटमा नाटक प्रदर्शन गरिए पछि देखाइएको सडक नाटक सयौले अवलोकन गरेका छन् । २० औ राष्ट्रिय भुकम्प दिवसका अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा र नेपाल प्रहरीको सयुक्त प्रयासमा नाटक प्रदर्शन गरिएको हो । 

भुकम्प कसरी आउँछ? भुकम्प आएपछि के हुन्छ?भुकम्प आएको समयमा हुनसक्ने क्षतीलाई कसरी न्यूनिकरण गर्न सकिन्छ तथा भुकम्पीय जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा सचेतना गराउन अभिनयका माध्यमबाट कलाकारले प्रस्तुत गरेपछि स्थानीय प्रभावित भएका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको आयोजनामा २० औ राष्ट्रिय भुकम्प दिवसका अवसरमा कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारमा जनचेतनाका लागि विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएका छन् । 

भवन निर्माण आचारसंहिता पालना गर्ने तथा भुकम्पीय जोखिम न्यूनिकरणका लागि हातेमालो गर्ने सामुहिक प्रतिबद्धता लगायतका कार्यक्रमहरु गरिएका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलालको अध्यक्षतामा भएको कार्यक्रममा कालिकोट जिल्लाका हरेक स्थानीय सरकारहरुले भवन निर्माण आचारसंहिता पालना गर्ने र गराउने प्रतिबद्धता जनाएका छन् । 

जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाही, खाँडाचक्र नगरपालिका मेयर जसीप्रसाद पाण्डे, उप मेयर बिजया बिष्ट, निमित्त जिल्ला प्रहरी प्रमूख निरक चौलागाई लगायतका सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा कालिकोट जिल्ला भुकम्प तथा अन्य बाढी, पहिरो, आगलागी जस्ता दैवी प्रकोेपको उच्च जोखिखममा रहेकाले पुर्व तयारीका कामहरुमा सबैले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

जिल्लाका तीन वटा नगरपालिका तथा ६ वटा गाउँपालिकाहरुमा भुकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतनात्मक ¥याली, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, देउडा गीत प्रतियोगितालगायतका क्रियाकलाप गरिएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार