२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा भुकम्पबाट जोगाउन सडक नाटक प्रदर्शन

२०७४, २ माघ मंगलवार १८:०२

माघ २, कालिकोट । रेडक्रस सोसाईटीको ज्याकेट लगाएका मानिसहरु बिरामी बोक्ने स्टेचर बोकेर भेला भए स्थानीयहरु केही समय अन्यौलमा परे । 

केही दुर्घटना भएको र उद्धारका लागि रेडक्रसकर्मी र सुरक्षाकर्मी तयार भएको अड्कल गरेका स्थानीयलाई पछि त्यो नाटक हो भन्ने त्यतिबेला थाहा पाए जतिबेला भुकम्प आएर धेरै मानिसहरु घाइते भएको भन्दै उद्धारका लागि रेडक्रसकर्मीले अस्पताल लैजाने तयारी गरे ।

नयाँ भवन निर्माणका लागि भत्काएएको जिल्ला समन्वय समिति कालीकोटको निर्माणधीन भवन आसपासमा भकम्प आएको हल्लाले सबैलाई साँच्चै भुकम्प आएको होला भनने विश्वास गराएको थियो । 

सडक नाटकमा भुकम्प आएको र भुकम्पका कारण जोखिमयुक्त घरहरु भत्किम्दा स्थानीयबासी घाईते भएको तथा घाईतेहरुलाई रेडक्रसकर्मीले उद्धार र प्राथमिक उपचार गरी एम्बुलेन्समा हालेर अस्पताल लगिए पछि यो नाटक हो भन्ने थाहा भएको थियो ।


राष्ट्रिय भुकम्प दिवसका अवसरमा कालिकोटमा नाटक प्रदर्शन गरिए पछि देखाइएको सडक नाटक सयौले अवलोकन गरेका छन् । २० औ राष्ट्रिय भुकम्प दिवसका अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा र नेपाल प्रहरीको सयुक्त प्रयासमा नाटक प्रदर्शन गरिएको हो । 

भुकम्प कसरी आउँछ? भुकम्प आएपछि के हुन्छ?भुकम्प आएको समयमा हुनसक्ने क्षतीलाई कसरी न्यूनिकरण गर्न सकिन्छ तथा भुकम्पीय जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा सचेतना गराउन अभिनयका माध्यमबाट कलाकारले प्रस्तुत गरेपछि स्थानीय प्रभावित भएका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको आयोजनामा २० औ राष्ट्रिय भुकम्प दिवसका अवसरमा कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारमा जनचेतनाका लागि विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएका छन् । 

भवन निर्माण आचारसंहिता पालना गर्ने तथा भुकम्पीय जोखिम न्यूनिकरणका लागि हातेमालो गर्ने सामुहिक प्रतिबद्धता लगायतका कार्यक्रमहरु गरिएका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलालको अध्यक्षतामा भएको कार्यक्रममा कालिकोट जिल्लाका हरेक स्थानीय सरकारहरुले भवन निर्माण आचारसंहिता पालना गर्ने र गराउने प्रतिबद्धता जनाएका छन् । 

जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाही, खाँडाचक्र नगरपालिका मेयर जसीप्रसाद पाण्डे, उप मेयर बिजया बिष्ट, निमित्त जिल्ला प्रहरी प्रमूख निरक चौलागाई लगायतका सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा कालिकोट जिल्ला भुकम्प तथा अन्य बाढी, पहिरो, आगलागी जस्ता दैवी प्रकोेपको उच्च जोखिखममा रहेकाले पुर्व तयारीका कामहरुमा सबैले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

जिल्लाका तीन वटा नगरपालिका तथा ६ वटा गाउँपालिकाहरुमा भुकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतनात्मक ¥याली, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, देउडा गीत प्रतियोगितालगायतका क्रियाकलाप गरिएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते