माघ २, कालिकोट । जिल्ला अस्पताल कालिकोटमा रहेको एम्बुलेन्स तीन महिना अघि बिग्रिउ पछि बिरामीलाई सास्ती भएको छ ।
एम्वुलेन्सका पाटपुर्जाहरु काम नलाग्ने भए पछि तीन महिनादेखि थनिकएको छ । १० बर्ष अघि भारतीय दुतावासको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कालीकोटले उक्त एम्बुलेन्स सञ्चालन गर्दै आएको थियो ।
एम्बुलेन्स बिग्रिएर मर्मत गर्न नसकिए पछि बिरामीहरुलाई सास्ती भएको छ । एम्बुलेन्स नहुँदा अस्पतालबाट अन्यत्र रिभर गर्नु पर्ने बिरामहिरुलाई समस्या भएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर कौशल अलिले बताए । गम्भीर बिरामीलाई पनि अन्यत्र रिभर गर्दा सवारी साधनको वैकल्पिक व्यवस्था गर्नु पर्ने बाध्यताले ढिलो र महङ्गो हुने गरेको् अलीको भनाई छ ।
उम्बुलेन्स नहुँदा कालीकोटबाट रिभर गरिएका बिरामीले जीप र सानो बसहरु रजिर्व गर्नु पर्ने बाध्यता छ । ‘जिल्लामा रहेको अस्पतालमा एम्बुलेन्स नहुँदा विरामी तथा बिरामीका आफन्तमा समस्या हुने मात्र होइन विरामीको ज्यानै समेत खतरामा पर्ने अवस्था छ’ डाक्टर अलीले भने ।
१५ शैया रहेको जिल्ला अस्पतालमा मौसमी ज्वरोका विरामी चाप दिनदिनै बढेपनि जिल्ला एम्बुलेन्स नहुदाँ विरामीहरु मारमा पर्ने गरेका छन् । जिल्ला अस्पताल कालिकोटमा हिजो–आज विरामीहरुको चाप बढेपछि बिरामीलाई बेडको अभाव भइरहेको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष कृष्णवहादुर सिंहले बताए ।