2026-07-24 07:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस केन्द्रीय समिति बैठकमा नेताका आ-आफ्नै दाउ

माघ ३, काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दबाबपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका छन्। 

देउवाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी केन्द्रीय समिति बैठक बोलाएका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ । सभापति देउवाले राष्ट्रियसभा चुनावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाए पनि पौडेल समूहले भने चुनावी समीक्षा सकेर मात्रै राष्ट्रियसभाको अनिवार्य एजेन्डामा प्रवेश गर्नुपर्नेमा जोड दिएको छ।

सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन प्रधानमन्त्री देउवामाथि दबाब बढाएका थिए। कांग्रेसभित्रै कोइराला परिवारका नेता हस्तीले पनि पार्टी संस्थागत रूपमा नचलेको, नेतृत्व कमजोर भएको जस्ता आरोप लगाउँदै केन्द्रीय समिति बैठक माग गर्न थालेपछि देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

केन्द्रीय समिति बैठक बोलाउनुअघि मंगलबार पनि देउवाले वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्ण सिटौलालगायत शीर्ष नेतासँग अनौपचारिक छलफल गरेका थिए। त्यसपछि उनले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

बिहीबारको बैठक तत्काल राष्ट्रियसभा निर्वाचन केन्द्रित हुने र तत्पश्चात् मात्रै चुनाव पराजयको गम्भीर समीक्षा हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रवक्ता शर्माले भने, ‘बैठकको प्रमुख एजेन्डा राष्ट्रियसभाको निर्वाचन नै हो। त्यसपछि चुनावमा पराजयबारे गम्भीर समीक्षा हुनेछ।’ तर, पौडेल पक्षले भने अबको केन्द्रीय समिति बैठकलाई राष्ट्रियसभा निर्वाचनमा मात्रै केन्द्रित गर्न चाहेको छैन।

कसको कस्तो दाउ ?

देउवा पक्ष : केन्द्रीय समिति बैठक राष्ट्रियसभा चुनाव केन्द्रित गर्ने र त्यसपछि मात्रै पार्टी पराजयको समीक्षामा क्रमशः प्रवेश गराउने।

पौडेल पक्ष : पार्टी पराजयलगायत समग्र विषयमा पहिले गम्भीर समीक्षा गर्ने र त्यसपछि मात्रै राष्ट्रियसभा चुनावको छलफल गर्दै महासमिति बैठक बोलाउनुपर्ने।

युवा नेता : पराजय समीक्षा गर्न महासमिति हुँदै विशेष महाधिवेशन वा शीघ्र महाधिवेशन बोलाउनुपर्ने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक