१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जुवाको खालबाट बरामद रकम अनाथ बालबालिकाको कोषमा

३ माघ २०७४, बुधबार १६:३१

दलसिंह गिरी | माघ ३, कालिकोट | प्रहरीले जुवाको खालबाट बरामद गरेको रकम अनाथ बालबालिकाको कोषमा जम्मा गर्न खाँडाचक्र नगरपालिकालाई हस्तान्तरण गरेको छ । अनाथ, असहाय बालबालिकाको हितका लागि सहयोग गर्ने गरी कोष स्थापनाका गर्न प्रहरीले नगरपालिकाका प्रमूख जसीप्रसाद पाण्डेलाई हस्तान्तरण गरेको हो । 

जिल्ला सदरमुकाम मान्मको विभिन्न होटलमा छापा मार्दा अवैधरुपमा संचालन भएका जुवाका खालबाट प्राप्त गरेको ३४ हजार ७ सय ६५ रुपैयाँ रकम बुधबार नगरपालिकालाई अनाथ असहाय बालबालिकाहरुको सहयोग कोष स्थापनार्थ हस्तान्तरण गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त प्रमूख निरक चौलागाईले जुवा खालबाट बरामत गरिएको रकम अनाथ असहाय बालबालिकाहरुको उद्धार तथा राहत कार्यमा खर्च गर्न नगरपालिकाई हस्तान्तरण गरेको बताए ।

‘अनाथ र असहाय बालबालिकाको सहयोगका लागि जुवा खेलीरहेको स्थानबाट बरामद गरिएको रकम नगरपालिकालाई बुझाएका छौ’ चौलागाँईले भने, ‘सामाजिक कामका लागि सबैको सहयोग आवश्यक हुने महसुस हामीले पनि गरेका छौ ।’ उनले उक्त रकमबाट थोरै भए पनि बालबालिकाहरुको उद्धार तथा संरक्षण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

रकम हस्तान्तरण कार्यक्रममा कालीकोटका निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलालले जुवातासबाट संकलित रकमको केही प्रतिशत प्रहरीलाई प्रोत्साहन स्वरुप दिने र बाँकी रकम नेपाल सरकारको राजश्वमा जम्मा हुने व्यवस्था भए पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउन तथा समस्यामा परेका अनाथ र असहाय बालबालिकालाई उद्धार र संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकालाई हस्तान्तरण गरिएको बताए ।

प्रहरीले बुझाएको रकम हस्तान्तरण गर्दै खाँडाचक्र नगरपालिकाका नगर प्रमूख जसीप्रसाद पाण्डेले जिल्ला प्रहरी कार्यालयले दिएको ३४ हजार ७ सय ६५ मा नगरपालिकाले थपेर जम्मा ७० हजारको अनाथ तथा असहाय बालबालिकाहरुको राहत तथा उद्धारका लागि खर्च गर्ने कल्याणकारी कोषको स्थापना गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार