व्यावसायिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

व्यावसायिक "/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पूर्वार्ध डेरी उद्योगको कृषि राज्यमन्त्री प्रसाईंद्वारा उद्घाटन

२०७४, ४ माघ बिहीबार ११:२१

माघ ४, झापा | झापाको अर्जुनधारा नगरपालिका–८ स्थित पूर्वार्ध डेरी उद्योगको बिहीबार कृषि राज्यमन्त्री सरिता प्रसाईंले उद्घाटन गर्नुभएको छ । 


व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को पूरक अनुदान रु ९९ लाख ८८ हजार र स्थानीय पूर्वार्ध कृषि सहकारी संस्था लिको रु एक करोड ५५ हजार ५६७ संयुक्त लगानीमा सो उद्योग स्थापना भएको हो । 

दुग्ध उत्पादन व्यवसायको संवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको सो उद्योगबाट स्थानीयस्तरमा रहेका कृषकले दूधको उचित मूल्य पाउने, कृषक व्यावसायिक पशुपालनमा आकर्षित हुने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुनेलगायतका उपलब्धि प्राप्त गर्न सकिने बताइएको छ । 

दुग्ध प्रशोधन केन्द्रका रुपमा रहेको सो उद्योगबाट संस्थाका ७०० र ५० पशुपालक कृषकसहित जम्मा ७५० जना लाभान्वित हुने बताइएको छ । 

सो उद्योगबाट अर्जुनधारा ब्राण्डका दूध, दही, मही, घ्यू, पनिर, आइसक्रिमलगायतका दूधजन्य खाद्यवस्तु उत्पादन हुने संस्थाका अध्यक्ष कमलबहादुर भण्डारी बताउनुहुन्छ । (तस्वीर उपलब्ध छ) रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै