२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको एक सहकारीले सुत्केरी खर्चदेखि क्रिया खर्चसम्म दिने

४ माघ २०७४, बिहीबार ११:३१

माघ ४, कालिकोट | दर्ता भएको छोटो समयमा ख्याति कमाउन सफल भएको एक सहकारी संस्थाले आफ्ना सदस्यमा राहतका कार्यक्रमको थालनी गरेको छ । 

जिल्लामा रहेको हिमचुली कृषि सहकारीले आफ्ना सदस्यको हितका लागि थुप्रै राहतका कार्यक्रम लागू गरेको छ । अहिले सात हजार शेयर सदस्य रहेको सो सहकारीमा पाँच हजार ५०० को हाराहारीमा महिला सदस्य रहेका छन् । महिला सदस्यको हितलाई मध्य नजर गर्दै राहतका कार्यक्रम अघि सारेको हो । 

सहकारी संस्थाले आफ्नो स्वलगानी र सदस्यलाई कर्जा प्रवाह गर्दा एक प्रतिशत कटाई खडा गरेको कोषबाट सदस्यलाई राहत प्रदान गर्दै आएको संस्थाका लघुवित्त कार्यक्रम निरीक्षक सिंहबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार सदस्यलाई सुत्केरी खर्च दुई बच्चासम्म मात्र रु ५०० देखि रु एक हजारसम्म, सदस्यको मृत्यु भएमा रु एक हजारदेखि रु १५ हजारसम्म तथा सदस्यको श्रीमान्को मृत्यु भएमा रु दुई हजार र दुर्घटनाबाट सदस्यको मृत्यु भएमा रु एक लाखसम्म राहत दिन थालिएको छ । 

चालु आवमा यस संस्थाबाट सुत्केरी खर्च ३२ जनालाई, सदस्यको श्रीमान्को मृत्यु भएका १७ जना र दुर्घटना बीमाबापत एकजनालाई राहत प्रदान गरिएको छ । जिल्लाका छ गाउँपालिका र तीन नगरपालिकामा कार्य क्षेत्र रहेको सो सहकारीका पाँचवटा सेवा कार्यालय रहेको छ । हिमचुली कृषि सहकारी संस्थाले विप्रेषण, लघुवित्त कार्यक्रम, बचत तथा ऋण, वैकल्पिक ऊर्जा कार्यक्रम, सुधारिएको चुलो, कृषि बजारीकरण, दूध डेरी, भेडाबाख्राको आधुनिक खोर निर्माणलगायत कार्यक्रम गर्दै आएको छ । 

यस सहकारी संस्थाले ४० जनालाई रोजगार दिएको छ भने अप्रत्यक्षतर्फ २०० को हाराहारीमा रोजगारीको सिर्जना भएको संस्थाका कार्यकारी निर्देशक भीमप्रसाद बरालले बताउनुभयो । यस सहकारी संस्थाले मंसिर मसान्तमा रु १५ करोड कर्जा प्रवाह, रु एक करोड २६ लाख शेयर पूँजी संकलन गरेको छ भने निक्षेप रु तीन करोड ५० लाख रहेको छ । जिल्लामा १४० वटा सहकारी दर्ता भएपनि क्रियाशील अवस्थामा दुई दर्जन मात्र छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य