Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट: वेष्ट कर्णाली मिडिया चौथो बर्षमा

२०७४, ४ माघ बिहीबार १६:२७

माघ ४, कालीकोट । कर्णालीको समृद्धिका लागि सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले बिकासका मुद्धाहरु उठाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

वेष्ट कर्णाली मिडियाको तेस्रो बार्षिक उत्सवका अवसरमा विहीबार मान्ममा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।


कार्यक्रमका प्रमूख अतिथि नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेले कर्णालीको समग्र बिकासका लागि पत्रकारहरुले समृद्धिको मुद्धा उठान गर्नु पर्ने बताए । 

‘पत्रकारले सरकारलाई खवरदारी गर्दै बिकासको मुद्धा उठान गर्न जरुरी छ’ पाण्डेले भने, ‘समृद्धिका लागि स्थानीय सरकार र पत्रकार संगसंगै जानु आजको आवश्यकता हो ।’ उनले बढ्दो भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रबद्र्धनका लागि पनि पत्रकार चनाखो हुनु पर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका सचिव चित्रसिंह गाउँले, नेपाली कांग्रेस कालीकोटका प्रवक्ता नगेन्द्र बिष्ट, नेकपा माओवादी केन्द्रका नेता दिनेश चदारा, दुर्गा काफ्ले लगायतले कालिकोट जिल्लामा सञ्चार माध्यमहरुको संख्या बढ्नु सकारात्मक भएको भन्दै यिनीहरुको गुणस्तर बिकासमा पनि ध्यान दिनु पर्नेमा जोड दिए । सञ्चार माध्यमको संख्या बढ्दा नागरिकहरुले सूचनाको पहुँच बृद्धि भएको भन्दै उनीहरुले प्रसंशा गरेका छन् ।


कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्ल, नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष बिष्णु न्यौपानेलगायतका वक्ताहरुले बेष्ट कर्णाली मिडिया प्रालिको तेस्रो बार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै जिल्लाको समग्र विकास तथा परिर्वतनमा निरन्तरताको शुभकामना दिए। 

वेष्ट कर्णाली मिडिया प्रालिले मिसन न्यूज साप्ताहिक पत्रिका र मिसन ईन्यूज अनलाईन पत्रिका संचालन गरिरहेको छ । वेष्ट कर्णाली मिडिया प्रालिका अध्यक्ष पवित्रकुमार शाहीको अध्यक्षतामा बार्षिक उत्सव सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ