२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्थायी राजधानी नै स्थायी हुने, यस्तो छ कारण

२०७४, ५ माघ शुक्रबार ०२:३७

माघ ५, काठमाडौं । सरकारले बुधबार तोकेका अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । 

संविधानको धारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

यसबाट प्रदेश संसद्को दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ । दुईतिहाइ बहुमत नपुग्दासम्म हाल तोकिएका अस्थायी राजधानी नै स्थायीसरह हुने छन् ।

हाल विवादमा रहेका १, २, ५ र ७ नम्बर प्रदेशमा स्थायी राजधानी तोक्न दुईतिहाइ बहुमत पुग्ने स्थिति देखिएको छैन । दुईतिहाइ बहुमत नपुग्दासम्म हाल सरकारले तोकेका अस्थायी राजधानी नै लामो समयसम्म स्थायी राजधानीसरह कायम हुने अवस्था छ । 

विवाद नभएका ४ र ६ नम्बर प्रदेशमा भने स्थायी राजधानी तोक्न प्रदेशसभा सदस्यको  दुईतिहाइ पुग्ने स्थिति छ । ४ नम्बर प्रदेशको अस्थायी राजधानी पोखरा र ६ नम्बर प्रदेशको अस्थायी राजधानी सुर्खेत तोकिएको छ। 

प्रदेश अस्थायी राजधानी तोक्ने अधिकार सरकारलाई छ । प्रदेशसभाले स्थायी राजधानी नतोकेसम्म सरकारले तोकेबमोजिम प्रदेश राजधानीबाट कार्यसञ्चालन हुने संविधानमा उल्लेख छ । 

अहिलेको सरकारले तोकेको अस्थायी राजधानीलाई पनि नयाँ सरकारले परिवर्तन गर्न सक्छ तर प्रदेशसभामा दुईतिहाइ नपुग्ने बेलासम्म त्यो पनि अस्थायी नै रहनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह