2026-10-31 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु: न्यानो बाढ्दै जयसवाल परिवार

माधव बेल्वासे/माघ ५, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी श्रीमती सानेमती जयसवालको परिवारले हरेक बर्ष जस्तै यस बर्ष पनि यस क्षेत्रका साधुसन्तहरुलाई कम्बल वितरण गरेको छ ।

श्रीमान स्वर्गिय राजाराम जयसवालको पुण्य तिथी पारेर जयसवाल परिवारले ९० वटा कम्बल साधुसन्ततहरुलाई कर्णेश्वर मन्दिरमा वितरण गरेको छ । बढ्दो चिसोमा साधुसन्तलाई कम्बल बाढेपछि पुण्य प्राप्ती संगै बुबाको आत्माले समेत शान्ति पाउने भन्दै कम्बल वितरण गरिएको स्व. राजाराम जयसवालका छोरा विजय जयसवालले बताउनु भयो । 

हरेक बर्ष बुबाको बार्षिक पुण्य तिथिमा कर्णेश्वरी मन्दिरमा बुबाको नामबाट नै साधुसन्तहरुलाई कम्बल वितरण गर्दै आएका छौं । चिसो मौषममा कम्बल पाएका सन्तहरुको अर्शिवाद पनि लाग्ने हुनाले कम्बल वितरण  गरेको छोरासुरेश जयवालले बताउनु भयो । स्व. जयसवालका सुभाष,सुरेन्द्र,विजय,सुरेश र महेश गरि पाँच छोरा रहेका छन ।

साधुसन्त हाम्रो देशको पहिचान हुन जयसवाल परिवारले हरेक बर्ष यसरी साधुसन्तलाई कम्बल वितरण गरि पुण्य प्राप्ती गर्दै आएको छ । यस्तो पुनित कार्यमा आफुलाई पनि सहभागि भई पुण्य प्राप्त गर्ने अवसर जुटेको कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधी सभा सदस्य  अभिशेष प्रताप शाहले कम्बल वितरण कार्यक्रममा बताउनु भयो । 

कार्यक्रममा इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख जगदीश अर्यालले साधुसन्त हाम्रो धर्म र संस्कृतीका संवाहक भएकोले धर्मका नाम गरिने अनेक तडकभडक भन्दा यस्ता साधुसन्तको सम्मान सहित उनीहरुलाई कम्बल वितरण गर्नु पुनित र सराहनिय कार्य भएको बताउनु भयो । 

कर्णेश्वरी मन्दिरमा जम्मा भएका ९० जना साधुसाधवीहरुलाई प्रति व्यक्ति १ कम्बल वितरण गरिएको हो । कार्यक्रममा समाजसेवी अजय थापा, प्रेम बहादुर रायमाझि, हरी पोखरेल,  लगाय स्थानीय भद्र भलाद्मीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय