2026-09-22 01:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस बैठकमा देउवामाथि आक्रोश- सभापति हुँ भन्दैमा धम्क्याउने ?

माघ ६, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । 

सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर देउवाले केही दिनअघि अनौपचारिक बैठकमा अनुशासनको कारबाहीको चेतावनी दिएपछि सिंह बैठकमै आक्रामक बनेका हुन् । यो खबर कुलचन्द्र न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन्।

‘पार्टी सभापति हुँदैमा हप्काउने, धम्क्याउने र कारबाही गर्ने धम्की दिने ? हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका व्यक्ति हौं । तपार्इंले कारबाही गर्ने भन्दैमा डराउने कुरै छैन,’ बैठकमा सिंहले भने, ‘कसले कारबाही गर्ने ? ल कारबाही गरेर देखाउनुहोस् ।’ सिंहले देउवा सिंगो पार्टीको सभापति बन्न नसकेको, केही व्यक्ति र समूहको मात्रै सभापति बनेको आरोपसमेत लगाए । 

‘सीमित मान्छेलाई राखेर पार्टी चलाउने अनि कारबाहीको धम्की दिने ?,’ बैठकमा सभापतिप्रति सबैभन्दा आक्रामक देखिएका सिंहले विधि र विधानविपरीत पार्टी सञ्चालन गर्दाको परिणाम नै निर्वाचनमा पार्टी पराजित हुनुपरेको बताएका थिए ।

समानुपातिक सांसदको सूची बुझाउँदा पार्टी सभापतिले नै केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गरेको सिंहको आरोप थियो । केन्द्रीय कार्यसमिति बैठकले सुजाता कोइरालाबाहेक समानुपातिकबाट सांसद भइसकेकालाई नदोहोर्‍याउने निर्णय लिएको थियो । स्वास्थ्यका कारण प्रत्यक्षमा चुनाव लड्न नसक्ने भएपछि कोइरालालाई समानुपातिकमा राख्न केन्द्रीय कार्यसमितिको बैठकले ‘अपवाद’ मानेको थियो । तर, सभापति देउवाले एकपटक मात्रै नभएर दुई पटकसम्म समानुपातिक सांसद भएकालाई समेत सूचीमा राखेको भन्दै सिंहले कडा विरोध गरे ।

यो मुद्दामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका सदस्यले समेत बैठकमा कडा विरोध गरेका छन् । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा देउवाले आफ्ना पक्षका आधा दर्जन बढीलाई दोहोर्‍याउन चाहेका छन् ।

‘केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गर्ने अधिकार तपार्इंलाई कसले दियो ?,’ सिंहको प्रश्न थियो, ‘तपाईलाई मैले भोट दिइन होला तर तपार्इं हाम्रो पनि सभापति हो । 

तपाईं एउटा समूहको मात्रै होइन, सबैको सभापति हुनुपर्छ ।’ उनले विधानविपरीत बनाइएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन गर्नुपर्ने माग दोहोर्‍याए । 

पौडेल पक्षले यी दुई समितिमा विधानको व्यवस्थाविपरीत जम्बो समिति बनाएको भन्दै विघटनको माग गर्दै आएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा रहेका मध्येबाटै पदाधिकारी बनाउने गरी बढी मनोनीत गरिएको तर्क दिइए पनि प्रवक्ता बाहिरबाटै बनाइएको भन्दै सभापतिले विधान मिचेको आरोप पौडेल पक्षीय सदस्यले लगाएका छन् । दुई समिति नै विधानविपरीत भएको भन्दै नेता शेखर कोइरालाले संसदीय समितिमा आफू नरहेको घोषणा बैठकमा गरेका थिए । 

कोइरालालाई केन्द्रीय कार्यसम्पादन समितिमा नल्याई संसदीय समितिमा राखिएको थियो । ‘विधानविपरीत गठन भएको ठहर भएपछि म आजैबाट यो समितिमा नभएको जानकारी गराउँछु,’ कोइरालाले भने । उनले संस्थागत र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नै पार्टीले निर्वाचनमा हार बेहोरेको बताएका थिए ।

केन्द्रीय सदस्य बलबहादुर केसीले पनि विधानविपरीतका दुवै समिति भंग गर्न माग गरे । देउवानिकट सदस्यले भने वरिष्ठ नेता पौडेलको सहमतिमै दुवै समिति बनाइएको भन्दै देउवाको प्रतिरक्षा गरेका थिए । 

‘रामचन्द्र पौडेलले भन्दैमा सभापतिले विधान मिच्न पाइन्छ ?,’ केसीको भनाइ थियो, ‘विधानविपरीतका यी दुवै समिति तत्काल भंग गर्नुपर्छ ।’ 

केन्द्रीय सदस्य जीवन परियारले नेतृत्वले यही ढंगले पार्टी सञ्चालन गर्ने हो भने कांग्रेसलाई लोकतान्त्रिक पार्टीको परिचय दिन पनि समस्या पर्ने बताए । ‘पार्टी जुन विधि र प्रक्रियाबाट सञ्चालन भइरहेको छ, यसैका कारण कमजोर बन्दैछ,’ उनले भने, ‘पार्टी सञ्चालनको कार्यशैली र विधि प्रक्रियासम्मत हुन सकेन ।’

बैठकमा केन्द्रीय सदस्य गगन थापाले पहिलो पुस्ताका नेतालाई अब विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरे । उनले अब पनि पहिलो पुस्तालाई नेतत्वमा राख्नु भनेको उहाँहरुका लागि पनि अन्याय हुने भन्दै विश्राम लिन आग्रह गरेका हुन । उनले निर्वाचन समीक्षाका लागि महासमिति र ‘अर्ली महाधिवेशन’ को माग पनि बैठकमा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो