६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालले चढायो अर्कै समूहको रगत, बिरामीको दुवै मिर्गौला फेल

६ माघ २०७४, शनिबार ०२:२८

माघ ६, काठमाडौँ । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । 

रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । विश्वराज पछल्डङ्ग्याले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।

महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१ पुसमा अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पतालका स्वास्थ्यकर्मीले ‘बी’ पोजेटिभ चढाएका थिए । जसले उनको दुवै मिर्गौलाले काम गर्न छाडेको छ ।


रुमालाई अहिले भेरी अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहको छ । अस्पतालले आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च बेहोरिरहेको छ । तर, यहाँ उपचार सम्भव नभएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले बताए ।

शुक्रबारदेखि उनको स्वास्थ्य अवस्था झनै नाजुक बनेको छ । मुख सुनिएको छ, सहन नसक्ने गरी पेट दुख्न थालेको डा. आचार्यले बताए । उनलाई दुखाइ कम गर्ने कडा खालको औषधि दिइएको उनले बताए । ‘बिरामीको स्वास्थ्य अवस्थाको प्रकृति हेर्दा दिनप्रतिदिन जटिल बन्दै गएको छ,’ डा. आचार्यले भने ।

वीर अस्पताल रिफरको तयारी

भेरी अञ्चल अस्पतालमा उपचार सम्भव नहुने भन्दै चिकित्सकले काठमाडौं रिफर गर्ने तयारी गरेका छन् । ‘केही आशा अझै बाँकी रहेकाले डाइग्नोसिस भइरहेको छ,’ डा. आचार्यले भने, ‘भेरी अस्पतालका डाक्टर सा’बहरूले रिफर गरिसक्नुभएको छ, तैपनि केही गर्न सकिन्छ कि भनेर थप डाइग्नोसिस गरेर हेर्दै छौँ ।’ उनलाई काठमाडौंस्थित वीर अस्पताल रिफर गर्ने तयारी भइरहेको अस्पतालको भनाइ छ ।

निलम्बन भइन् नर्स

चिकित्सकले दिएको प्रेस्क्रिप्सनभन्दा विपरीत समूहको रगत दिने स्टाफ नर्स कल्पना विकलाई अस्पताल प्रशासनले निलम्बन गरिसकेको निमित्त मेसु आचार्यले बताए । उनले बिरामीले पाएको दुःखको क्षतिपूर्ति भर्न नसकिए पनि अस्पताल प्रशासनले बिरामीको निःशुल्क उपचार गर्ने बताए ।

यसरी भयो घटना

महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि गत २१ पुसमा बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूलाई परिवारले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भर्ना गरे । चिकित्सकले उनलाई गाइनोलोजी विभागमा भर्ना गरे । 

भर्ना भएकै रात उनलाई ‘ओ पोजेटिभ’ रगत दिइयो । स्वास्थ्यकर्मीले २२ पुस बिहान उनलाई थप एक पिन्ट (प्वाइन्ट) रगत दिनुपर्ने सल्लाह दिए । उनका बाबु राजु रगत लिन नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र गए । 

तर, उनलाई ‘ओ पोजेटिभ’को ठाउँमा ‘बी पोजेटिभ’ रगत दिएर पठाइयो । ‘मसँगै गएका अर्को व्यक्तिलाई ‘ओ’ र मलाई ‘बी पोजिटिभ’ रगत दिएर पठाइयो, मैले रगतको पोका दिनासाथ स्टाफ नर्सले रगत चढाउनुभयो, त्यसको केहीबेरमै छोरीको शरीरमा फोकाहरू देखियो,’ उनले भने ।

दुई सातासम्म गोप्य राखियो घटना

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले बिरामीलाई ठीक गर्न सकिन्छ कि भनेर दुई हप्तासम्म घटना गोप्य राखेको बताए । घटना लुकाउन नसकिने अवस्था आइसकेको उनले बताए । 

गाइनोलोजी विभागबाट आइसियूमा छोरीलाई ल्याएको भनिए पनि के कारणले ल्याएको हो जानकारी नदिएको रुमाका बाबु राजुले बताए । आफूलाई छोरीको स्वास्थ्य अवस्थाबारे जानकारी नभएको उनले बताए । ‘छोरीको स्वास्थ्य अवस्थाबारे अस्पताल प्रशासनले कुनै जानकारी नदिएर गोप्य राखेको छ,’ उनले भने ।

अस्पतालद्वारा लापरबाही भएको स्वीकार

कर्मचारीको लापरबाहीले रुमाको स्वास्थ्य बिग्रिएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले स्विकारे । 

चिकित्सकको प्रेस्क्रिप्सनभन्दा विपरीत समूहको रगत दिने र रगतको ब्यागमा उल्लेख गरिएको समूह नहेरेर रगत चढाउने स्टाफ नर्स दुवैको गल्ती भएको उनले बताए । ‘ब्लड बैंकका कर्मचारी र स्टाफ नर्स दुवैको गल्ती देखिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने