Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

यसकारण शिक्षक सेवा आयोग अलमलमा

By kit

माघ ६, काठमाडौँ । सरकारले शिक्षा ऐन (२०२८) नवौं संशोधनमा शिक्षकको योग्यता निर्धारण नगर्दा शिक्षक सेवा आयोगको कार्यतालिका प्रभावित भएको छ ।

आयोगले शिक्षक पदपूर्ति, बढुवा र अध्यापन अनुमतिपत्र प्रदान गर्छ । ‘शिक्षा ऐन नवौं संशोधनसँगै विद्यालय तहको नयाँ संरचना लागू भयो,’ आयोगका अध्यक्ष ताना गौतमले भने, ‘तर शिक्षकको योग्यता नतोकेकाले चालु आर्थिक वर्षको कार्यतालिका अघि बढ्न सकेन ।’ संशोधित ऐनले विद्यालय तहअन्तर्गत शिशु कक्षादेखि ८ कक्षासम्म आधारभूत र कक्षा ९–१२ लाई माध्यमिक तह कायम गरेको छ ।

आयोगले पुरानो संरचनाअनुसार कक्षा १–५ प्राथमिक, कक्षा ६–८ निमावि तथा ९–१० माध्यमिक तहको संरचनाअनुसार शिक्षक व्यवस्थापनको जिम्मेवारी पाएको छ ।

जसमा प्राथमिक तह पढाउन शिक्षकको न्यूनतम योग्यता कक्षा १२, १० सम्म पढाउन स्नातक र प्रधानाध्यापक हुन स्नातकोत्तर हुनुपर्ने प्रावधान छ । तर, कक्षा १२ सम्म माध्यमिक तह कायम भएपछि शिक्षकको शैक्षिक योग्यता तोकिएको छैन । ‘सरकारले तत्काल शिक्षकको योग्यता निर्धारण गरिदिए काम सहज हुनेछ,’ अध्यक्ष गौतमले भने ।

आयोगको रेकर्डअनुसार देशभरि १ लाख ७ हजार शिक्षक दरबन्दी छ । ऐनअनुसार अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) पाएकाले मात्र प्रतिस्पर्धा गर्न सक्छन्, कान्तिपुरमा खबर छ ।