माघ ८, कालिकोट । लामो समयपछि स्थानीय तहको चुनाव भएर जनप्रतिनिधीहरुले स्थानीय सरकार गठन गरेपछि केही आशा लाग्दा र प्रभावकारी निर्णयहरु पनि देखिएका छन् । 

कालीकोटको पलाता गाउँपालिकाले असक्त, असाहाय, भूमिहिन गरिब परिवारलाई रासन कार्ड दिने भएको छ भने पचाल झरना गाउँ पालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, कालिकोट । लामो समयपछि स्थानीय तहको चुनाव भएर जनप्रतिनिधीहरुले स्थानीय सरकार गठन गरेपछि केही आशा लाग्दा र प्रभावकारी निर्णयहरु पनि देखिएका छन् । 

कालीकोटको पलाता गाउँपालिकाले असक्त, असाहाय, भूमिहिन गरिब परिवारलाई रासन कार्ड दिने भएको छ भने पचाल झरना गाउँ पालिक"/>

2026-09-14 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट: गरिब परिवारलाई रासन कार्ड, विद्यालयमा मोवाइल प्रतिबन्ध

माघ ८, कालिकोट । लामो समयपछि स्थानीय तहको चुनाव भएर जनप्रतिनिधीहरुले स्थानीय सरकार गठन गरेपछि केही आशा लाग्दा र प्रभावकारी निर्णयहरु पनि देखिएका छन् । 

कालीकोटको पलाता गाउँपालिकाले असक्त, असाहाय, भूमिहिन गरिब परिवारलाई रासन कार्ड दिने भएको छ भने पचाल झरना गाउँ पालिकाले स्थानीय तहको शैक्षिक गुणस्तर बृद्धि गर्न विद्यालयमा मोवाइल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

पलाता गाउँपालिकाको दोस्रो गाउँ सभाले आफ्नो गाउँपालिकाका गरिव परिवार पहिचान गरी रासन कार्ड वितरण गर्ने र पहिलो बर्ष ९ गाउँपालिकाले ९ वटै वडाका ९० परिवारलाई कार्ड वितरण गरी ती परिवारलाई निःशुल्क खाद्यान्नको व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए । 

‘यो आर्थिक बर्ष गाउँपालिका प्रत्येक वडामा वडाबाट ९० जनालाई रासन कार्डको व्यवस्था गरिने छ’ उनले भने,‘असक्त, असाहय, भूमिहिन गरिब परिवार छनौट गरेर फागुनमा यो कार्यक्रम लागु गर्ने योजना बनाएका छौं ।’

पलाता गाउँपालिका खाद्यान्न संकट हुने क्षेत्र भएको, चरम खाद्यान्न संकट हुने क्षेत्र भएका कारणले गाउँपालिकाले गरिबीको रेखामुनी रहेका परिवारलाई रासन कार्ड दिएर उनीहरुको रोजगारी ग्यारेन्टी गर्ने तयारी भइरहेको अध्यक्ष बमले बताए । 

‘पलाता क्षेत्र सधै खाद्यान्न संकट हुने जिल्लाकै पहिलोमा रहेको छ’ उनले भने,‘यसको न्यूनिकरण गरिबीको रेखामुनी रहेका मानिसको जीवनस्तर उकास्न रोजगारीका कार्यक्रम ल्याउने समेत तयारी गरेका छौं ।’

पलाता गाउँपालिका विकट र सिंचाईको सुविधा नभएका कारणले उत्पादन कम हुने गरेको त्यसका लागि असक्त, असाहाय, भूमिहिन गरिब परिवारलाई रासन कार्ड दिने निर्णय निकै सह्रानीय भएको स्थानीय नरेन्द्रबहादुर बमले बताए ।

यता पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षाको गुणस्तर बृद्धि गर्न शैक्षिक नीति बनाएको छ । गाउँपालिकाले शैक्षिक नीतिमा अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिका ३० प्रतिशत लगानी गर्ने जनाएको छ । 

गाउँपालिका भित्रका सबै विद्यालयमा दरबन्दी पूर्ण गर्ने, बिद्यालयमा अनिवार्य बालमैत्री खानेपानी, छात्र÷छात्रा शौचालयको ब्यवस्था, कक्षा ८ सम्मको परीक्षा गाउँपालिका स्तरीय गर्ने, हरेक विद्यालयमा शैक्षिक क्रियाकलाप र शुक्रबारीय कार्यक्रम अनिवार्य गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ ।

त्यस्तै, कम्प्युटर र अंग्रेजी भाषा शिक्षा अनिवार्य बनाउने, विद्यालयमा प्रधानाध्यापकबाहेक अन्य शिक्षक शिक्षिकाहरुलाई विद्यालय अवधिमा मोवाइल निषेध गर्ने नीति पनि सार्वजनिक गरेको गरेको छ ।

विद्यालयमा ट्युसन बन्दगरि कोचिङ्ग कक्षा सञ्चालन गर्ने त्यसका लागि गाउँपालिकाले विद्यालय बार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नीति लिएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । 

‘विद्यार्थी मासिक हाजिरीका आधारमा विद्यालयले विद्यार्थी घरमा पत्राचार गर्नुपर्ने छ ।’ उनले भने,‘गाउँपालिकाको शैक्षिक गुणस्तर बढाउन शिक्षा नीति नयाँ बनाउनु परेको हो ।’

विद्यालय परीक्षामा राम्रो नतिजा ल्याएमा शिक्षकलाई पुरुस्कृत गर्ने नीति समेत लिएको गाउँपालिका अध्यक्ष सेजुवालले बताए । ‘शैक्षिक सुधार नगरी गाउँपालिकाको अन्य विकास संम्भव नै छैन्’ उनले भने,‘शैक्षिक गुणस्तर बृद्धिका लागि सबै प्रकारका नयाँ कानुन बनाइएको छ ।’

गाउँपालिका भित्रका सबै बिद्यालयका प्रधानाध्यापक, शिक्षक, राजनीतिक दल, जनप्रतिनीधि, अभिभावक, गाउँपालिकाका पदाधिकारी र शिक्षासँग सराकोरवालाहरुको गोष्ठीको आयोजना गरेर शिक्षा नीतिलाई गाउँपालिकाले पारित गरेको गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले