३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को हुन्छ प्रदेश २ को मुख्यमन्त्री ?

९ माघ २०७४, मंगलवार ०२:०६

माघ ९, काठमाडौं । प्रदेश नम्बर २ को मुख्यमन्त्रीका लागि दुईजना नेता अग्रपंक्तिमा देखिएका छन् । 

यो प्रदेशको सबैभन्दा ठुलो दल संघीय समाजवादी फोरमका तर्फबाट केन्द्रीय उपाध्यक्ष मोहमद लालबाबु राउत, केन्द्रीय कोषाध्यक्ष विजय यादव र राजनीतिक समितिका सदस्य शैलेन्द्र साह प्रतिस्पर्धामा देखिएका छन् । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

प्रदेश सभा सदस्यको सपथ ग्रहण भइसकेको अवस्थामा संसदीय दलको नेता चयन प्रक्रिया दलहरुले शुरु गरिसकेका छन् । फोरमको संसदीय दलको नेतामा राउत, यादव र साहले दावेदारी देखाएका छन् ।


मोहमद राउत २०७४ सालको प्रदेश सभा निर्वाचनमा राउत पर्सा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा विजयी भएका हुन् । उनी २०७० सालमा समानुपातिकतर्फबाट सभासद भएका थिए ।

विजय यादव सिराहा क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका हुन् । उनी २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा विजयी भएर आपूर्ति मन्त्री भएका थिए ।

यादव २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पराजित भएका थिए । राजनीति समितिका सदस्य साह सप्तरी क्षेत्र नम्बर २ को प्रदेश सभा‘क’ बाट निर्वाचित भएका हुन् ।

फोरम भित्र अध्यक्ष उपेन्द्र यादवनिकट र यादव समुदायको भएकाले विजयको सम्भावना सबैभन्दा प्रबल रहेको पार्टी निकट स्रोतले बताएको छ । केन्द्रीय उपाध्यक्ष राउत भएपनि पार्टीमा विजय वरिष्ठ रहेका उपेन्द्र यादव निकट स्रोतले बताएको छ ।

मुस्लिम भएकै कारण लालबाबुले मुख्यमन्त्री नपाउने चर्चा पनि पार्टीभित्र चलिरहेको छ। फोरममा मधेसी समुदाय, त्यसमा पनि यादव समुदायको प्रभुत्व रहेको छ ।

प्रदेश नम्बर २ को प्रदेश सभामा प्रत्यक्षतर्फ २० र समानुपातिकतर्फ ९ गरी फोरमले २९ सिट जितेको छ । यहाँ फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको स्पष्ट बहुमत छ ।

राजपाले प्रत्यक्षमा १५ र समानुपातिकमा १० गरी २५ सिट जितेको छ । १०७ सिट रहेको प्रदेश नम्बर २ मा फोरम र राजपाको ५४ सिट हुन्छ । प्रदेश २ को मधेसी दलबाट मुख्यमन्त्री हुने करिब निश्चित छ ।

राजपाका महमन्त्री मनिष सुमन र जितेन्द्र सोनल समेत मुख्यमन्त्रीको दाबेदार छन् । ठुलो दल भएका कारण फोरमबाटै मुख्यमन्त्री हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली