2026-09-14 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट: शैक्षिक सुधारका लागि छलफल

माघ ९, कालिकोट । शान्नित्रिवेणी गाउँपालिकाले गाउँपालिकाको शैक्षिक सुधारका लागि व्यापक छलफल गरेको छ । 

गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि लगायतका शैक्षिक सरोकारवालाहरुको उपस्थितिमा गाउँपालिकाको शैक्षिक सुधारका लागि व्यापक छलफल गरिएको गाउँपालिका अध्यक्ष डिबी शाहीले जानकारी दिए ।

उनका अनुसार हरेक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावक समेतलाई आचारसंहिता बनाई कार्यान्वयन गर्ने, शैक्षिक नीति नियमहरु पालना गर्ने, विद्यालयको बार्षिक कार्यतालिका बनाई कार्यान्वयन गर्ने, विद्यालय व्यवस्थापन समितिको बैठक नियमित बस्ने, दैनिक पाठ्ययोजनाका आधारमा शिक्षकले शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्ने, प्रत्येक विद्यालयमा शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी गर्न प्राधानाध्यापकले कक्षा अवलोन गर्ने, रिक्त दरबन्दीलाई तत्काल पुर्ति गर्ने, परीक्षालाई मर्यादित रुपमा सञ्चालन गर्ने लगायतका बिषयमा छलफल गरिएको छ ।

छलफलमा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकले शैक्षिक सुधारका लागि गर्नुपर्ने कामको पनि जिम्मेबारी दिईएको छ । विद्यालयमा शिक्षक अनियमित हुने कुरालाई न्यूनिकरण गर्ने हरेक विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागु भईसकेको बताउँदै गाउँपालिका अध्यक्ष शाहीले गाउँपालिकाले पनि हरेक विद्यालयले गर्ने गतिविधिहरुको प्रभावकारी अनुगमन तथा निरीक्षण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले