१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट: महामारी नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी

९ माघ २०७४, मंगलवार १६:४९

माघ ९, कालिकोट । कालिकोटमा एक सातादेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकीले महामारीको रुप लिएपछि जिल्ला अस्पताल कालिकोटका स्वास्थ्यकर्मीको टोलीले घर दैलोमा पुगेर उपचारका गर्न थालेको छ । 

खाँडाचक्र नगरपालिकामा मात्रै एकैपटक हजारभन्दा धेरै बिरामी भेटिएकाले अस्पताल ल्याउनै समस्या हुने र ल्याए पनि उपचार गर्न अप्ठ्यारो पर्ने भएकाले घरदैलोमै पुगेर उपचार तथा जनचेतना अभियान थालिएको हो।

एक्कासी भाइरलका बिरामीहरु बढेको र एकै ठाउँमा बिरामी जम्मा गरेर उपचार गर्दा थप फैलिने सक्ने हुनाले प्रत्येक घरघरमा स्वास्थ्यकर्मी खटाइ घरदैलोमै उपचार गर्न थालिएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डाक्टर कौशल अलीले बताए। 

‘खाँडाचक्र नगरपालिका–२ मा आफ्नै नेतृत्वमा टोली गएर घर घरमै उपचार गरेर फर्केको छ’ उनले भने,‘खाँडाचक्र २ पोरिपाल्लीका २ सय २८ घरमा पुगेर उपचार गरेको छ भने १४ जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ।’

महामारी फैलिएको गाउँ खाँडाचक्र ४ ताडी गाउँका चार बालबालिका र दुई वयस्क गरी ६ जनाको खकार संकलन गरी परिक्षण गर्न काठमाडौं पठाइएको छ। शनिबार स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा एकै टोलमा ८ सय १४ जना भाइरल ज्वरोका बिरामी भेटिएका थिए। 

जिल्लाको तिलागुफा नगरपालिका चिल्खाया गाउँमा, महावै गाउँपालिकाको ओदा गाउँमा र सान्नीत्रिवेणी गाउँपालिकामा थप एक हजार बिरामी भेटिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।

विद्यालय बन्द भाइरल ज्वरो र निमोनियाबाट तीन बालकसहित पाँच जनाको मृत्यु भइसकेको छ। रोग फैलिएको स्थानहरु जनजीवन मावि ताडी, जनज्योति आधारभूत विद्यालय, पञ्चदेव उच्चमाविलगायत दर्जनभन्दा धेरै विद्यालयहरुमा पठनपाठन बन्द गरिएको छ। 

जिल्लाका सबै स्थानीय तहहरुमा भाइरल ज्वरोको प्रकोप फैलिएर बालबालिका प्रभावित भएपछि नियन्त्रणका लागि जिल्ला प्रशासन स्वास्थ्य कार्यालय लगायतलाई आवश्यक सहयोग गर्न तयार रहेको सेभ द चिल्ड्रेन कालिकोटका वाले विश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार